January 30th, 2017

हिमालयन पावर पार्टनरको १० लाख ६५ हजार कित्ता आईपीओ खुल्यो

हिमालयन पावर पार्टनर लिमिटेडको १० लाख ६५ हजार चार सय १७ कित्ता साधारण सेयर माघ १७ गतेदेखि निष्काशन भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरमा १० करोड ६५ लाख ४१ हजार सात सय रुपैयाँ बराबरको सेयर स्थानीय वासिन्दाका लागि जारी गरेको हो । 

छिटोमा फगुन २ गते र ढिलोमा फागुन १७ गतेसम्म आवेदन दिन सकिने उक्त सेयरको निष्काशन तथा विक्रीको प्रबन्ध ग्लोबल आईएमई क्यापिटल लिमिटेडले गर्दैछ । लमजुुङ्ग जिल्लाको उक्त आयोजनाबाट अति प्रभावित हुने चिती, ढोडेनी, बन्सर,नौथर, श्रीमञ्ज्याङ्ग, अर्चलबोट गरि छ वटा गाबिसका बासिन्दाले पाँच लाख ३२ हजार सात सय आठ कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । 

इच्छुक व्यक्तिहरुले हिमालयन पावर पार्टनर लिमिटेड आयोजनको साइट कार्यालय, ग्लोबल आइएमई बैङ्कका बेसी शहर शाखा, प्यासिफिक डेभलपमेण्ट बैङ्क, भेडेटार र कैलाश विकास बैङ्क लिमिटेडको बेसिशहर शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन् । यो निष्कासन पश्चात् कम्पनीको चुक्ता पूँजी रू. ८५ करोड २३ लाख पुग्ने कम्पनीले प्रकाशित गरेको आह्वान पत्रमा उल्लेख छ । 

कम्पनीको सेयरलाई इक्रा नेपालले ग्रेड फोर प्लसको रेटिङ दिएको छ । यो रेटिङले कम्पनीको आधारभूत पक्ष औसतभन्दा कमजोर रहेको संकेत गर्दछ । हाल कम्पनीको नगद मौज्दात ४ करोड ८२ लाख ८ हजार रुपैँया रहेको छ । कर्जा तथा सापटी तर्फ ३१ करोड २२ लाख ७० हजार रुपैँया र अन्य चालु सम्पत्ति एक करोड ७८ लाख २९ हजार रुपैँया बराबर रहेको छ भने एक करोड ५२ लाख ९ हजार रुपैँया बराबरको उपकरणहरु रहेका छन् । कम्पनीको सेयर पूँजी ७४ करोड ५७ लाख ९२ हजार रुपैँया र दिर्घकालिन कर्जा ९६ करोड ८० लाख १० हजार रुपैँया रहेको छ । त्यस्तै अन्य चालु दायित्व अन्र्तगत ८० लाख ९२ हजार तथा कम्पनीले ७ लाख ६३ हजार कर तिर्न बाँकी रहेको छ ।

कम्पनीले लमजुङ जिल्लाको दोर्दी खोलामा २७ मेगावाटको जलविद्युत परियोजना निर्माण गर्दैछ । गत अप्रिलसम्म निर्माण कार्य २० प्रतिशत सम्पन्न हुँदा कुल लागतको २५ प्रतिशत रकम खर्च भइसकेको छ । यो आयोजना निर्माणको कुल लागत ४ अर्ब २३ करोड अनुमान गरिएकोमा संस्थापकहरुले ७४ करोड ६० लाख लगानी गरिसकेका छन् भने ३ अर्ब १७ करोड बैंक कर्जा लिइएको छ । अपुग रकम आइपीओ जारी गरेर जोहो गरिने भएको हो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]