January 29th, 2017

युनिक फाइनान्सको नाफा घट्यो, निक्षेप संकलन र कर्जा प्रवाहमा पनि गिरावट

युनिक फाइनान्स लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा एक करोड आठ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । फाइनान्सको मुनाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३४ दशमलव ०३ प्रतिशतले घटेको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा युनिकले एक करोड ६४ लाख रुपैयाँ नाफा कमाएको थियो ।

२७ करोड ६७ लाख रुपैयाँ चुक्ता पुँजी भएको फाइनान्सको निक्षेप आठ दशमलव ५९ प्रतिशतले घटेर ६४ करोड ९३ लाख रुपैयाँ संकलन भएको छ । कर्जातर्फ फाइनान्सले २२ दशमलव ०५ प्रतिशत घटाएर ५६ करोड ९५ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी पनि १८ दशमलव ५१ प्रतिशतले घटेर दुई करोड २० लाख रुपैयाँ कायम भएको छ भने सञ्चालन मुनाफा ३३ दशमलव ३३ प्रतिशतले घटेर एक करोड ४५ लाख रुपैयाँ कायम भएको छ । 

जोखिमयुक्त सम्पत्ति ४८ दशमलव ८१ प्रतिशत र निष्कृय कर्जा शुन्य दशमलव ३४ प्रतिशत रहेको फाइनान्सले जगेडाकोषमा चार करोड ९५ लाख रुपैयाँ र प्रोभिजनमा नौ लाख रुपैयाँ राखेको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]