January 28th, 2017

जानकी फाइनान्सको सञ्चालन मुनाफा १४ गुणा बढ्यो

जानकी फाइनान्स लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा चार करोड ५१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा दुई सय ६३ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा जानकीले एक करोड २४ लाख रुपैयाँ मुनाफा कमाएको थियो । 

३४ करोड १८ लाख ५९ हजार रुपैयाँ चुक्तापुँजी भएको फाइनान्सको खुद व्याज आम्दानी एक सय ६८ दशमलब ९३ प्रतिशतले बढेर पाँच करोड ७१ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा १४ गुणाले बढेर दुई करोड ४४ लाख रुपैयाँ पुगेको छ ।

यो अवधिमा फाइनान्सले निक्षेपमा छ दशमलव ५१ प्रतिशतले वृद्धि गरी एक अर्ब ४३ करोड ४४ लाख रुपैयाँ संकलन गरेको छ भने कर्जातर्फ २१ दशमलव ८३ प्रतिशत बढाएर एक अर्ब २७ करोड १२ लाख रुपैयाँ लगानी गरेको छ ।

जानकी फाइनान्सको निष्कृय कर्जा ५ दशमलव ८३ प्रतिशत, जोखिमयुक्त सम्पत्ति ३३ दशमलव ९२ प्रतिशत, प्रतिसेयर आम्दानी १३ दशमलव २१ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १८ दशमलव ६२ गुणा, प्रतिसेयर नेटवर्थ एक सय ५१ दशमलव ३० रुपैयाँ र तरलता अनुपात ३३ दशमलव ९२ प्रतिशत रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]