January 28th, 2017

एनआईडीसी क्यापिटल मार्केट्सको नाफा घट्यो, निक्षेप र कर्जामा सामान्य प्रगती

एनआईडीसी क्यापिटल मार्केट्स लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा पाँच करोड ४५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीको मुनाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३५ दशमलव ७१ प्रतिशतले कम हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा एनआईडीसीले आठ करोड ४१ लाख रुपैयाँ मुनाफा कमाएको थियो ।

२३ करोड ३५ लाख ६४ हजार रुपैयाँ चुक्तापुँजी भएको कम्पनीले निक्षेपमा एक दशमलव ४२ प्रतिशतले बृद्धि गरी ९२ करोड ४७ लाख रुपैयाँ संकलन गरेको छ । त्यस्तै कर्जातर्फ दुई दशमलव ३० प्रतिशतले बढाएर ६० करोड ५९ लाख रुपैयाँ लगानी गरेको छ  यो अवधिमा बेंकको खुद व्याज आम्दानी ५६ प्रतिशतले घटेर दुई करोड ६० लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा तीन करोड ९० लाख ९६ हजार रुपैयाँबाट एक करोड ४३ लाख रुपैयाँमा झरेको छ ।

कम्पनीको निष्कृय कर्जा २ दशमलव ७८ प्रतिशत, जोखिम युत्तm सम्पत्ति ३३ दशलमलव ३० प्रतिशत, प्रतिशेयर आम्दानी वार्षिक २३ दशमलव ३४ रुपैयाँ, मुल्य आम्दानीको अनुपात २५ दशमलव ७१ गुणा, तरलता अनुपात ६४ दशमलव ३५ प्रतिशत र प्रतिशेयर नेटवर्थ २ सय १ दशमलव ८६ रुपैयाँ रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]