January 28th, 2017

शाइन रेसुंगा डेभलपमेन्ट बैंकको मुनाफा १६ करोड ५९ लाख रुपैयाँ पुग्यो

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १६ करोड ५९ लाख ८२ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३३ दशमलव ७९ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा शाइन रेसुंगाले १२ करोड ४० लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

एक अर्ब १० करोड २८ लाख रुपैयाँ चुक्ता पुजी भएको बैंकले निक्षेपमा ३६ दशमलव ७७ प्रतिशतले वृद्धि गरी नौ अर्ब २० करोड ५० लाख रुपैयाँ संकलन गरेको छ । जसबाट बैंकले कर्जामा आठ अर्ब १७ करोड ५६ लाख रुपैयाँ लगानी गरेको छ । बैकको खुद ब्याज आम्दानी ५३ दशमलव ८२ प्रतिशतले बढेर ३१ करोड २६ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ४४ दशमलव ८३ प्रतिशतले बढेर २५ करोड ४३ लाख रुपैयाँ पुगेको छ । 

निष्कृय कर्जा शुन्य दशमलव ३५ प्रतिशत र जोखिम युत्त सम्पत्ति १५ दशमलव ९८ प्रतिशत रहेको बैंकले प्रोभिजनमा एक करोड २४ लाख रुपैयाँ राखेको छ भने जगेडा कोषमा ३६ करोड १० लाख रुपैयाँ राखेको छ । यो अवधिमा बैंकले ३२ लाख रुपैयाँ खराबकर्जा उठाएको छ ।

बैंकको प्रतिसेयर आम्दानी ३० दशमलव १० रुपैयाँ, प्रति सेयर नेटवर्थ एक सय ३२ दशमलव ७३ रुपैयाँ, तरलता अनुपात २६ दशमलव ४२ प्रतिशत र मुल्य आम्दानीको अनुपात ११ दशमलव ०३ गुणा रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]