January 27th, 2017

सिद्धार्थ बैंकको पोखरा सभागृह शाखा लेकसाइडमा स्थानान्तरण

सिद्घार्थ बैंकले पोखराको सभागृहस्थित आफ्नो शाखा कार्यालयलाई मिति २०७३ माघ १४ गतेका दिनदेखि पोखराको लेकसाइडमा स्थानान्तरण गरेको छ । शाखा स्थानान्तरण कार्यक्रमको उद्घाटन बैंकका सञ्चालक समितिका सदस्य श्री दिनेश शंकर पालिखे र बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत श्री सुन्दर प्रसाद कँडेलले संयुक्त रुपमा गर्नुभएको थियो । बैंकले यस शाखा मार्फत् आफ्ना ग्राहकहरुलाई अझै छिटो, छरितो र सर्वसुलभ ढंगले आधुनिकतम बैंकिङ सेवा प्रदान गर्ने लक्ष्य लिएको छ ।

सिद्धार्थ बैंकले हाल आप्mना ६१ शाखा, २ एक्स्टेन्सन काउन्टर, ६८ शाखारहित बैंकिंग सेवा केन्द्र तथा ८२ ए.टी.एम मार्फत् ग्राहकहरुलाई उच्चस्तरिय बैंकिंग सेवा प्रदान गर्दै आएको छ । चालु आ. व. को पौष मसान्तको वित्तिय विवरण अनुसार बैंकको कुल निक्षेप रु ७४.९३ अर्ब, कुल कर्जा रु ६२.६५ अर्ब, नोक्सानी व्यवस्था अघिको सञ्चालन मुनाफा रु १ अर्ब १४ करोड तथा खुद मुनाफा रु ७२.६० करोड रहेको छ ।  
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]