January 26th, 2017

युनाइटेड फाइनान्सले आर्जन गर्यो पौने छ करोड मुनाफा

युनाइटेड फाइनान्स लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा पाँच करोड ७८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७८ दशमलव १३ प्रतिशत बढी नाफा कमाएके हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा युनाइटेडले तीन करोड २७ लाख रुपैयाँ नाफा कमाएको थियो ।

६७ करोड ८ लाख रुपैयाँ चुक्ता पूँजी भएको फाइनान्सले निक्षेपमा १७ प्रतिशतले वृद्धि गरी पाँच अर्ब रुपैयाँ संकलन गरेको छ । कर्जातर्फ कम्पनीले २५ दशमलव ८४ प्रतिशतले बढाएर चार अर्ब ५० करोड ९४ लाख रुपैयाँ लगानी गरेको छ । कम्पनीको खुद व्याज आम्दानी १९ दशमलव ४२ प्रतिशतले बढेर १२ करोड ३६ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा पाँच करोड ८० लाख पुगेको छ । 

जोखिम युक्त सम्पति १७ दशमलव ६४ प्रतिशत र निष्कृय कर्जा शुन्य दशमलव ४८ प्रतिशत रहेको फाइनान्सले जगेडाकोषमा २२ करोड ४४ लाख रुपैयाँ र प्रोभिजनमा तीन करोड ६२ लाख रुपैयाँ राखेको छ । यो अवधिमा युनाइटेडले ६५ लाख रुपैयाँ खराबकर्जा उठाएको छ । फाइनान्सको प्रतिसेयर आम्दानी १७ रुपैयाँ २४ पैसा, मूल्य आम्दानीको अनुपात १५ दशलमव ९० प्रतिशत, प्रतिसेयर नेटवर्थ एक सय ३३ रुपैयाँ ४६ पैसा र तरलता अनुपात ३० दशमल ६१ प्रतिशत रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]