January 25th, 2017

वोमी माइक्रोफाइनान्सको मुनाफामा झिनो वृद्धि, छ महिनामा एक करोड कमाइ

वोमी माईक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा एक करोड ३० हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । संस्थाले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद मुनाफामा सामान्य ४.४५ प्रतिशतको वृद्धि हासिल गरेको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा वोमीले ९६ लाख दुई हजार रुपैयाँ मुनाफा आर्जन गरेको थियो । 

छ करोड ४८ लाख रुपैयाँ चुक्तापुँजी भएको माइक्राृफाइनान्सले निक्षेपमा ९१ प्रतिशतले वृद्धि गरि १८ करोड ४३ लाख रुपैयाँ संकलन गरेको छ भने कर्जातर्फ ३०.४ प्रतिशतले बढाएर ५० करोड ४० लाख रुपैयाँ लगानी गरेको छ । त्यस्तै, वोमीको खुद व्याज आम्दानी १८.७० प्रतिशतले बढेर दुई करोड ८६ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा २२.६२ प्रतिशतले बढेर तीन करोड ४२ लाख रुपैयाँ पुगेको छ । 

यो अवधिमा वोमी माइक्रोफाइनान्सले १७ लाख रुपैयाँ खराब कर्जा उठाएको छ । निष्कृय कर्जा १.७५ प्रतिशत र जोखिमयुक्त सम्पत्ति १८.६४ प्रतिशत रहेको संस्थाले ३३ लाख रुपैयाँ प्रोभिजनमा राखेको छ । वोमीको प्रतिसेयर आम्दानी ३७.१५ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ३६.०७ गुणा, तरलता अनुपात ३३.६२ गुणा र  प्रतिसेयर नेटवर्थ १७१.७० रुपैयाँ रहेको छ ।
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]