January 25th, 2017

सिन्धु विकास बैंकले छ महिनामा कमायो एक करोड ३८ लाख मुनाफा

सिन्धु विकास बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा एक करोड ३८ लाख सात हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३१ दशमलव ३३ प्रतिशत बढी मुनाफा कमाएको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा सिन्धुले एक करोड पाँच लाख १३ हजार रुपैयाँ मुनाफा आर्जन गरेको थियो । 

२६ करोड २१ लाख ९२ हजार रुपैयाँ चुक्तापुँजी भएको बैंकको खुद ब्याज आम्दानी गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा ५३ प्रतिशत बढेर चार करोड ६१ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ३१ दशमलव ३३ प्रतिशत बढेर दुई करोड १६ लाख रुपैयाँ पुगेको छ । यो अवधिमा सिन्धुले एक अर्ब ७५ करोड ५१ लाख ९६ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ३५ करोड ५६ लाख चार हजार रुपैयाँ कर्जा लगानी गरेको छ । 

चालू आवको दोस्रो त्रैमासमा निष्कृय कर्जा एक दशमलव  १९ प्रतिशत रहेको सिन्धुको जगेडा कोष दुई गुणा बढेर चार करोड ६५ लाख रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी (वार्षिक) १० रुपैयाँ ५३ पैसा, मूल्य आम्दानी अनुपात ३२ रुपैयाँ ३७ पैसा, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ७९५.४, प्रतिसेयर नेटवर्थ एक सय १७ रुपैयाँ ७५ पैसा, तरलता अनुपात ३६.३ प्रतिशत र पुँजीकोष अनुपात १९.२६ प्रतिशत रहेको छ ।  
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]