January 24th, 2017

सानिमा बैंकले कमायो ६२ करोड २४ लाख मुनाफा

चालू आर्थिक वर्षको छ महिनामा सानिमा बैंक लिमिटेडले ६२ करोड २४ लाख ११ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५२ दशमलव ५४ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो छ महिनाको अवधिमा सानिमाले ४० करोड ८० लाख २५ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । 

यो अवधिमा बैंकले खुद व्याज आम्दानी र सञ्चालन मुनाफामा क्रमशः ४८ प्रतिशत र ५२ दशमलव १३ प्रतिशत वृद्धि हासिल गरेको छ । जसअनुसार, गत आर्थिक वर्षको दोस्रो त्रैमासमा ७३ करोड ६७ लाख २८ हजार रुपैयाँ रहेको खुद व्याज आम्दानी चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा एक अर्ब नौ करोड दुई लाख ८६ हजार रुपैयाँ पुगेको छ । त्यस्तै, सञ्चालन मुनाफा ६२ करोड ७० लाख ६१ हजार रुपैयाँबाट बढेर ९५ करोड ३९ लाख ९६ हजार रुपैयाँ पुगेको छ । 

यो अवधिमा सानिमाको चुक्तापुँजी ७३ दशमलव ३७ प्रतिशत बढेर पाँच अर्ब ३० करोड ५८ लाख रुपैयाँ पुगेको छ । बैंकको निक्षेप ३२.४७ प्रतिशत र कर्जा लगानी ४०.९४ प्रतिशतले बढेको छ । जसअनुसार, गत आर्थिक वर्षको दोस्रो त्रैमासमा ३९ अर्ब नौ करोड ६२ लाख ५७ हजार रुपैयाँ रहेको निक्षेप चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा आइपुग्दा ५१ अर्ब ७९ करोड १४ लाख ६० हजार रुपैयाँ पुगेको छ । त्यस्तै, कर्जा लगानी ३३ अर्ब २९ करोड सात लाख ३९ हजार रुपैयाँबाट बढेर ४६ अर्ब  ९२ करोड १७ लाख रुपैयाँ पुगेको छ ।

दोस्रो त्रैमासमा २२ लाख १७ हजार रुपैयाँ खराब कर्जा उठाउन बैंक व्यवस्थापन सफल भएको छ । चालू आवको दोस्रो त्रैमासमा बैंकको जगेडा कोष ८१ दशमलव ९४ प्रतिशतले बढेर एक अर्ब ४१ करोड ६२ लाख रुपैयाँ पुगेको छ । बैंकको निष्कृय कर्जा ०.०५ प्रतिशतबाट ०.०१ प्रतिशतका झरेको छ । बैंकको प्रतिसेयर आम्दानी २३ रुपैयाँ ६५ पैसा (वार्षिक) रहेको छ भने प्रतिसेयर नेटवर्थ एक सय २६ रुपैयाँ ६९ पैसा रहेको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]