January 23rd, 2017

नेप्सेमा थपियो चार कम्पनीको १३ करोड ८६ लाख कित्ता सेयर

नेपाल स्टक एक्सचेञ्जमा १३ करोड ८६ लाख ७१ हजार सात सय ७८ कित्ता सेयर थपिएका छन् । सोमबार चार वटा कम्पनीको सेयर नेप्सेमा सूचिकृत भएका हुन् । 

सनराइज बैंक लिमिटेडको एक करोड ३२ लाख ५३ हजार चार सय ४८ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ भने गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडको २८ हजार दुई सय ८९ दशमलव ५० कित्ता हकप्रद सेयर पनि नेप्सेमा सूचिकृत भएको छ । त्यस्तै, १२ करोड ५० लाख कित्ता नविल इक्विटी फण्ड पनि सोमबार नेप्सेमा थपिएको छ । यता, माउन्ट मकालु डेभलपमेन्ट बैंक लिमिटेडको तीन लाख ९० हजार कित्ता हकप्रद सेयर पनि नेप्सेमा सूचिकृत भएको छ ।  


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]