January 22nd, 2017

पर्दाफास हुँदै विद्युत माफियाको सञ्जाल, पक्राउ परे विद्युत चोरेर लोडसेडिङ गराउने ‘१६ भिलेन’

व्यापारीसँग मिलेर लोडसेडिङ बढाउन मद्दत गरेको र बिजुलीको मिटर बिगारेर चुहावट गर्ने काममा संलग्न विद्युत प्राधिकरणका सुपरभाइजरसहित १६ जनालाई प्रहरीले पक्राउ गरी नाम सार्वजनिक गरेको छ । विद्युत चोरी गरेर लोडसेडिङ गराउन सक्रिय गिरोहलाई आइतबार प्रहरीले सार्वजनिक  गरेको हो । उनीहरुले विगत लामो समयदेखि काठमाडौं उपत्यकाका र उपत्यका बाहिरी जिल्लामा विद्युत चोरी गर्दै आएका थिए । 

प्रहरीले नेपाल विद्युत प्राधिकरण बालाजु शाखाका सुपरभाइजर सुमन श्रेष्ठ, प्राधिकरण शाखा भक्तपुरका पूर्वसुपरभाईजर भगवान पाण्डे, प्राधिकरणका पूर्व मेन्टिनेन्स टहलबहादुर कार्की, ८ जना मिटर रिडर र प्राधिकरणका कर्मचारीसँग मिलेर विद्युत चोरी गर्दै आएका पाँचजना उद्योग, व्यवसाय सञ्चालकलाई पनि पक्राउ गरेको छ । त्यस्तै, प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय रत्नपार्कका वरिष्ठ सहायक दिलबहादुर साउद पनि पक्राउ परेका छन् ।

पक्राउ पर्ने मिटर रिडरहरुमा मनिष श्रेष्ठ, महादेव प्रधान, अच्युत खड्का, ओम ढुंगाना, श्याम बस्नेत, प्रदीप शर्मा, सूर्यबहादुर थापा, ठाकुर महर्जन छन् । त्यस्तै, गोकर्णेश्वरको मन्जुश्री खानेपानी फ्याक्ट्रीका सञ्चालक कुमार लामा, गौशालाको मिठाई पसल सञ्चालक तपन घोष, नक्सालका कपास व्यापारी परवेज आलम र अनामगरको रामेश्वर मिठाइ पसलका सञ्चालक रमेश चुँडाल पनि विद्युत् चोरीको आरोपमा पक्राउ परेका छन् । 

पक्राउ परेकाको नामावली 
मुख्य प्राविधिकहरू :
१.नाम : सुमन श्रेष्ठ
उमेरस् ५० वर्ष
ठेगाना: का.जि.का.म.न.पा.वडा नं.२८
पेशा: नेपाल विद्युत प्राधिकरण, बालाजुको सुपर भाईजर

२.नाम: टहल बहादुर कार्की
उमेर: ५६ वर्ष
ठेगाना: जि.रामेछाप, ठोसे गा.वि.स.वडा नं.९
हाल: का.जि.का.म.न.पा.वडा नं.३४ 
पेशा: नेपाल विद्युत प्राधिकरणको पूर्व मेन्टिनेन्स

मिटर रिडरहरू:
३.नाम: महादेव प्रधान
उमेर: ५१ वर्ष
ठेगाना: जि.सर्लाही, हरिपुर-९
हाल: जि.मकवानपुर, हटौडा
पेशा: मिटर रिडर (नेपाल विद्युत प्राधिकरण, हेटौडा वितरण केन्द्र)

४.नाम: अच्युत खड्का
उमेर: ३९ वर्ष
ठेगाना: जि.सिन्धुपाल्चोक, सुनखानी गा.वि.स.वडा नं.२
हाल: का.जि.का.म.न.पा.वडा नं.३५ जडिवुटी
पेशा: ईलेक्ट्रिसियन (नेपाल विद्युत प्राधिकरण शाखा कार्यालय, बानेश्वर)

५.नाम: दिल बहादुर साउद
उमेर: ५१ वर्ष
ठेगाना: जि.अछाम, भट्टाकाटिया गा.वि.स.वडा नं.५ 
हाल: का.जि.का.म.न.पा.वडा नं.३५ कोटेश्वर
पेशा: बरिष्ठ सहायक (नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय, रत्नपार्क काठमाण्डौ)

६.नाम:ओम ढुंगाना
उमेर: ४८ वर्ष
ठेगाना: जि.नुवाकोट, चारघरे गा.वि.स.वडा नं.३
हाल: का.जि.नागार्जुन न.पा.वडा नं.२ रानीवन
पेशा: मिटर रिडर (नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय, रत्नपार्क काठमाण्डौ)

७. नाम: श्याम बस्नेत
उमेर: ५० वर्ष
ठेगाना: जि.रामेछाप, सालुपाटी गा.वि.स.वडा नं.३
हाल: का.जि.का.म.न.पा.वडा नं.३४ शंखमुल
पेशा: मिटर रिडर (नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय, रत्नपार्क काठमाण्डौ)

८. नाम: प्रदिप शर्मा
उमेर: ४६ वर्ष
ठेगाना: का.जि.नागार्जुन न.पा.वडा नं.१ रानीवन
पेशा: मिटर रिडर (नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय, रत्नपार्क काठमाण्डौ)

९. नाम: सूर्य बहादुर थापा
उमेर: ३९ वर्ष
ठेगाना: जि.दाङ्ग, फूलवारी गा.वि.स.वडा नं.५
हाल: जि.ललितपुर, ईमाडोल
पेशा: मिटर रिडर (नेपाल विद्युत प्राधिकरण, लगनखेल)

१०.नाम: ठाकुर महर्जन
उमेर: ४४ वर्ष
ठेगाना: का.जि.का.म.न.पा.वडा नं.३४ बानेश्वर
पेशा: मिटर रिडर (नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय, रत्नपार्क काठमाण्डौ)

११. नाम: मनिज श्रेष्ठ
उमेर: ४९ वर्ष
ठेगाना: का.जि.का.म.न.पा.वडा नं.१०
पेशा: मिटर रिडर (नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय, रत्नपार्क काठमाण्डौ)

१२.नाम: भगवान पाण्डे
उमेर: ५४ वर्ष
ठेगाना: जि.भक्तपुर, नगरकोट न.पा.वडा नं.६
पेशा: नेपाल विद्युत प्राधिकरण, भक्तपुरको पूर्व सुपर भाईजर

उद्योग कलकारखानाका संचालकहरू:
१३. नाम: कुमार लामा
उमेर: ३२ वर्ष
ठेगाना: का.जि.गोकर्णेश्वर न.पा.वडा नं.१३
पेशा: पानी फ्याक्ट्री (मञ्जुश्री खानेपानी)

१४.नाम: तपन घोस
उमेर: ५१ वर्ष
ठेगाना: हाउडा जिल्ला उदयनारायणपुर थाना, भारत
हाल: का.जि.गौशाला
पेशा: मिठाई पसल संचालक

१५.नाम: परवेज आलम
उमेर: ४६ वर्ष
ठेगाना: मोतिहारी जिल्ला, पूर्वि चम्पारण भारत
हाल: का.जि.नक्साल
पेशा: कपास व्यापारी

१६. नाम: रमेश चुँडाल
उमेर: ३८ वर्ष
ठेगाना: जि.मोरङ, कोशिहैरचा न.पा. वडा नं.१२
हाल: का.जि.अनामनगर
पेशा: रामेश्वर मिठाई पसल संचालक

उनीहरुले काठमाडौं उपत्यकासहित देशभरका दर्जनौं उद्योग, कलकारखाना, गार्मेन्ट, होट, लज तथा व्यक्तिविशेषका घरहरुमा विद्युत् मिटरमा अंक घटाइ विद्युत खपत बढाएको र लोडसेडिङमा समेत प्रभाव पार्नेगरी काम गरेको प्रहरीको भनाइ छ । पक्राउ परेकाले प्रत्येक दिन २० देखि २५ ठाउँमा यस्तो काम गर्दै आएको महाशाखाका अनुसन्धान टोलीले पत्ता लगाएको छ । यस्तो काम विगत १२ वर्षदेखि हुँदै आएको पनि प्रहरी अनुसन्धानले देखाएको छ ।

प्रहरीका अनुसार उनीहरूले मिटर बिगारेर उद्योगसँग प्रतिमहिना कम्तीमा २५ हजारदेखि ३ लाख रुपैयाँसम्म उठाउने गरेका थिए । उनीहरूले १२ वर्षभन्दा बढी समयदेखि पानी कारखाना, कपास कारखाना, चक्लेट कारखाना, बिस्कुट कारखाना लगायत उद्योग र राजधानीका मिठाइ पसलको मिटर बिगारेर मासिक रूपमा रकम उठाइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका सुपरभाइजर सुमन श्रेष्ठको साथबाट मिटर बिगार्ने मेसिन समेत बरामद भएको छ भने हेटौंडा कार्यालयका कर्मचारी प्रधानले हेटौंडाको हटियामा सिभम् सिमेन्टको मिटर बिगारेर मासिक रूपमा रकम उठाएको आरोप छ ।   उनीहरूले गौशालामा रहेको रामेश्वरम स्विट, बेजान मिष्ठान भण्डार, जोरपाटीस्थित लिक्वेन्स वाटर कारखानामा पनि मिटर बिगारेर रकम असुली गरेको भेटिएको छ ।     


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]