January 22nd, 2017

त्रिवेणीलाई गाभ्न लागेको जनता बैंकले मर्जरपछि ६० प्रतिशत हकप्रद दिने

त्रिवेणी विकास बैंकलाई गाभ्न लागेको जनता बैंकले मर्जरपछिको चुक्तापुँजीबाट ६० प्रतिशत अर्थात १० बराबर ६ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । त्रिबेणी बिकास बैंकले जनता बैंकसँगको मर्जलाई अन्तिम रुप दिन आगामी फागुन १ गते चितवनको नारायणगढमा बोलाएको साधारणसभामा मर्जरपछि ६० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव लैजाने भएको हो । 

दुई अर्ब छ करोड रुपैयाँ चुक्तापुँजी भएको जनताले पुस ५ गतेसम्म निष्काशन गरेको ५० प्रतिशत हकप्रद सेयर वितरण गरेपछि चुक्तापुँजी तीन अर्ब नौ करोड रुपैयाँ पुग्नेछ । जनताले गाभ्न लागेको त्रिवेणीको चुक्तापुँजी ८२ करोड रुपैयाँ छ । शत प्रतिशत स्वाप रेसियोमा गाभिएपछि दुबै बैंकको चुक्तापूँजी जोड्दा चार अर्ब ९० करोड हाराहारीमा पुग्नेछ । उक्त पुँजीको ६० प्रतिशत हकप्रद सेयर जारी गर्दा जनताको चुक्तापुँजी सात अर्ब ८० करोड रुपैयाँ नाघ्नेछ । यसबाहेक बैंकले ४१ करोड रुपैयाँ बराबरको बोनस सेयर पनि जारी गर्दैछ । बैंकले हाल कायम चुक्तापुँजी दुई अर्ब छ करोड रुपैयाँको ४१ प्रतिशतले हुन आउने ८४ करोड ४६ लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्न लागेको हो । समग्रमा, मर्जर, हकप्र र बोनस सेयर जारी गरेपछि जनता बैंकको चुक्तापुँजी आठ अर्ब नाघ्नेछ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]