January 23rd, 2017

शतप्रतिशत हकप्रद जारी गर्न डिप्रोक्स लघुवित्तले पायो अनुमति

डिप्रोक्स लघुवित्त विकास बैंक लिमिटेडले शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बैंकले एक सय रुपैयाँ अंकित दरमा २५ करोड ७९ लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्न लागेको हो । हकप्रद सेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी ५१ करोड ५८ लाख पुग्ने बैंकले जनाएको छ ।

बैंकले जारी गर्न लागेको हकप्रद सेयरलाई इक्रा नेपालले ग्रेड ४ प्लस रेटिङ प्रदान गरेको छ । यसले बैंकको आधारभूत पक्ष औसतभन्दा कमजोर रहेको संकेत गर्दछ । गतवर्षको महाभूकम्प र त्यसलगत्तै भएको राजनीतिक अस्थिरताका कारण वृद्धि भएको एनपीएलाई इक्राले नकारात्मक पक्षका रूपमा लिएको छ ।

बैंकको सकारात्मक पक्ष
कृषि विकास बैंक लिमिटेड, नेपाल बैंक लिमिटेड, विकास आयोजना सेवा केन्द्र, नबिल बैंक लिमिटेड, लुम्बिनी फाइनान्स एन्ड लिजिङ कम्पनी र बैंक तथा वित्तीय क्षेत्रका विशेषज्ञको प्रत्यक्ष लगानी र वित्तीय सेवा मार्फत महिला सशक्तिकरण सहित गरिबी निवारणको मुख्य उद्देश्य लिएर स्थापित यस बैंकले ४७ जिल्लाका ८१ शाखाबाट लघुवित्त सेवा प्रदान गरिरहेको छ । बैङ्क विगत १६ वर्षदेखि आर्जन गरिरहेको राम्रो मुनाफा र शाखा विस्तारको अवस्थालाई इक्राले सकारात्मक पक्षका रूपमा लिएको छ । विगत ३ वर्षदेखि बैङ्कको वार्षिक चक्रीय वृद्धिदर राम्रो रहेको र सम्पत्ति पनि प्रशस्त रहेको इक्राले उल्लेख गरेको छ । त्यसैगरी बैङ्कको सञ्चालनमा ६५ प्रतिशत संस्थागत प्रवद्र्धक रहेको र उच्च प्रतिफल (गत आवमा ४० प्रतिशत प्रतिफल) दिन सकेकोलाई बैङ्कको सशक्त पक्षका रूपमा लिएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]