January 22nd, 2017

गाभिए श्री इन्भेष्टमेन्ट र एभरेष्ट फाइनान्स, माघ १९ देखि एकीकृत कारोबार

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेड र एभरेष्ट फाइनान्स लिमिटेड एकआपसमा गाभिएका छन् । काठमाडौँको डिल्लीबजारमा केन्द्रीय कार्यालय रहेको श्री इन्भेष्टमेन्ट र भैरहवामा केन्द्रीय कार्यालय रहेको एभरेष्ट एक आपसमा गाभिएर माघ १९ गतेदेखि एकीकृत कारोबार सुरु गर्न लागेका हुन् । एकीकृत कारोबार सुरु गर्न आवश्यक सम्पूर्ण प्रबन्ध मिलाउन  र तथ्यांक लगायतलाई एकीकृत गर्नका लागि माघ १८ गते दुबै संस्थाको बैंकिङ कारोबार बन्द रहने बताइएको छ । 

श्री इन्भेष्टमेन्ट राष्ट्रिय स्तरको फाइनान्स कम्पनी हो भने एभरेष्ट तीन एकदेखि तीन जिल्ला कार्यक्षेत्र भएको फाइनान्स कम्पनी हो । यी दुई संस्था गाभिएर पनि बन्ने नयाँ संस्थाको नाम श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेड रहने भएको छ । मर्जरपछि बन्ने संस्थाको केन्द्रीय कार्यालय काठमाडौँको डिल्लीबजारमा रहने भएको छ ।

यी दुई संस्थाको गत असोज २१ गते सम्पन्न छुट्टाछुट्टै वार्षिक साधारणसभाबाट मर्जर प्रस्ताव पारित भएको थियो । त्यस्तै, राष्ट्र बैंकबाट पुस २२ गते र कम्पनी रजिस्ट्रारको कार्यालयबाट माघ ७ गते मर्जरका लागि अन्ुमतिपत्र प्राप्त भएको थियो । 

श्री इन्भेष्टमेन्टले १०.०५ प्रतिशत बोनस सेयर जारी गरेर चुक्तापुँजी २४ करोड रुपैयाँ पुर्याएको छ । एभरेष्ट फाइनान्सको चुक्तापुँजी १५ करोड ७४ लाख रुपैयाँ रहेको छ । यी दुई संस्था गाभिएर बन्ने नयाँ संस्थाको चुक्तापुँजी झन्डै ४० करोड रुपैयाँ पुग्नेछ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]