January 22nd, 2017

बजार बढेपनि कारोबारमा देखिएन सुधार, राष्ट्रिय बीमा कम्पनीका सेयरधनीले कमाए

सेयर बजारले यो साताको सुरुवात वृद्धिबाट गरेको छ । नेप्से परिसूचक ३.२८ अंकले बढेर १४६५.८४ अंकमा पुगेको छ । विकास बैंक, जलविद्युत् र फाइनान्सबाहेक कारोबार भएका सबै समूह बढेका छन् । सबैभन्दा धेरै उत्पादनमूलक समूह ३३.३८ अंकले बढेको छ । बैंकिङ, होटल, बीमा र अन्य क्रमशः ५.३९, ८.२१, ३.१४ र २.६ अंकले बढेका छन् । विकास बैंक, जलविद्युत् र फाइनान्स भने क्रमशः २.४, १२.८४ र ४.२८ अंकले घटेका छन् । 

बजार बढेपनि कारोबारमा भने सुधार आएको छैन । आइतबार ३० करोडभन्दा पनि कमको कारोबार भएको छ । दिनभरिमा १३२ वटा कम्पनीको सात लाख २९ हजार आठ सय कित्ता सेयर दुई हजार छ सय ५४ पटक खरिदविक्री हुँदा कुल २९ करोड ९१ लाख १२ हजार एक सय ८३ रुपैयाँ पुँजी परिचालन भएको छ । 

कुल कारोबारमध्ये, प्रभु बैंकका प्रोमोटर सेयरको छ करोड तीन लाख रुपैयाँ बराबरको कारोबार भएको छ । नेपाल एसबीआई बैंक, सिद्धार्थ बैंक, प्रभु बैंक र नेपाल लाइफ इन्स्योरेन्सको एक करोडमाथिको कारोबार भएको छ । स्टान्डर्ड चार्टर्ड बैंकको ८७ लाखको कारोबार भएको छ भने नेपाल बंगलादेश बैंक, बैंक अफ काठमाण्डू लुम्बिनी, शिखर इन्स्योरेन्स, नेपाल इन्भेष्टमेन्ट बैंक लगायतको ७० लाख रुपैयाँभन्दा माथिको सेयर कारोबार भएको छ । 

राष्ट्रिय बीमा कम्पनीका सेयरधनीले ९.९९ प्रतिशतका दरले सम्पत्ति बढाउँदा सोही कम्पनीका प्रोमोटर सेयरधनीले ८.२२ प्रतिशतका दरले कमाएका छन् । एसबीआई बैंक, समिट माइक्रोफाइनान्स, हिमालयन डिस्टीलरी, तिनाउ डेभलपमेन्ट बैंक, पोखरा फाइनान्स, जनउत्थान सामुदायिक लघुवित्त, सिनर्जी फाइनान्स, एक्सेल डेभलपमेन्ट बैंक लगायतका सेयरधनीले पनि कमाएका छन् । 

गुमाउने कम्पनीहरुको अग्रस्थानमा रहेको ग्रीन डेभलपमेन्ट बैंकका सेयरधनीले ७.३ प्रतिशतका दरले आफ्नो सम्पत्ति घटाउँदा पूर्णिमा विकास बैंकका सेयरधनीले ५.२४ प्रतिशतका दरले गुमाएका छन् । अपि पावर कम्पनी, खानीखोला हाइड्रो, कर्णाली डेभलपमेन्ट बैंक, छिमेक लघुवित्त, युनाइटेड फाइनान्स, मिथिला लघुवित्त, गुहेश्वरी मर्चेन्ट बैंक, कालिका माइक्रोक्रेडिट लगायतका सेयरधनीले पनि गुमाएका छन् ।  
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]