January 22nd, 2017

आठौँ ‘मेक्स एनुअल अवार्ड’ सम्पन्न, कसले कुन विधामा पायो सम्मान ?

मर्कन्टाईल एक्सचेन्ज नेपाल लिमिटेडले मेक्स एनुवल अवार्ड २०१६ को आयोजना गरेको छ । पुँजी बजार सहभागीहरुलाई प्रोत्साहित गरी स्वच्छ प्रतिस्पर्धालाई स्थापित गर्ने उद्देश्यले शनिबार आयोजित कार्यक्रममा विभिन्न नौ विधामा सेयर ब्रोकरहरुलाई सम्मानित गरिएको छ । मेक्सले आफ्नो आठौँ वार्षिकोत्सवको अवसर पारेर आयोजना गरिएको अवार्ड वितरण कार्यक्रममा यस क्षेत्रमा विशिष्ट योगदान दिने अन्य बिभिन्न सरोकारवालाहरुलाई पनि सम्मानित गरिएको थियो । 

कसले कुन विधामा पायो अवार्ड ?

मेक्सले आफ्ना ब्रोकरहरुको निष्ठा, परिश्रम, क्षमता तथा कार्यकुशलतालाई पहिचान गराउन यो कार्यक्रम वार्षिक रुपमा आयोजना गर्दै आइरहेको छ ।

उक्त अवसरमा मेक्सले कारोबारको लागि अर्को क्षेत्रको रुपमा अपसन ट्रेडिङ्ग उपलब्ध गराउने जानकारी दिएको छ । अब नेपालका कमोडिटी कारोबारीहरुले माघ १० गतेदेखि अपसनमा समेत कारोबार गर्न सक्नेछन् । अन्तर्राष्ट्रिय बजारमा निकै लोकप्रिय रहेको अपसन कारोबार नेपालमा भने मेक्सले पहिलो पटक कारोबारका लागि ल्यएको हो । हाल मेक्सले अपसन करोबार एन्ड्रोइड भर्जनमामात्र उपलब्ध गराएको छ । यसलाई डाउनलोड गर्न गुगल प्ले स्टोरमा गएर “MEXN Option Trader” टाइप गरि खोज्न सकिन्छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]