मुक्तिनाथ विकास बैंक लिमिटेडले आस्वा प्रणाली सञ्चालनको अनुमति प्राप्त गरेको छ । बैंकले हाल सञ्चालनमा रहेका ४७ वटा कार्यालयहरुबाट यो सेवा प्रदान गर्ने छ । साथै छिटै नै हाल सञ्चालनमा रहेका चार वटा सीमित बैंकिङ्ग कार्यालयहरुबाट समेत यो सेवा प्रदान गर्ने पहल भइरहेको बैंकले जनाएको छ । यस विकास बैंकको अधिकांश शाखाहरु ग्रामीण र दुर्गम क्षेत्रमा रहेकोले सो भेगमा बस्ने नागरिकहरुले यो सेवा प्राप्त गर्ने छन् ।
यसैबीत बैंकले आफ्नो केन्द्रीय कार्यालय पोखरा कास्कीबाट कमलादी काठमाडौँमा सार्दैछ । सबै प्रबन्ध मिलाई केही दिनभित्रमा नै सर्ने तयारी भइरहेको बैंकले जानकारी दिएको छ ।