January 22nd, 2017

‘नेपालको पानी जनताको लगानी’मा दुई अर्ब ४३ करोड रुपैयाँको प्रतिवद्धता 

देशको जलविद्युत विकासका लागि सरकारले गरेको लगानी प्रतिवद्धता आह्वानमा दुई अर्ब ४३ करोड २९ लाख ४५ हजार नौ सय ४३ रुपैयाँ बराबरको प्रतिवद्धता आएको छ । ऊर्जा मन्त्रालयले अभियानका रुपमा सुरु गरेको ‘नेपालको पानी जनताको लगानी’ शीर्षकमा कुल २४ हजार २४९ व्यक्ति र २७ वटा संस्थाले उक्त लगानी प्रतिवद्धता जनाएका हुन् । संस्थागत रुपमा आठ करोड ६१ लाख ७५ हजार रुपैयाँ बराबरको लगानीे प्रतिवद्धता आएको छ भने बाँकी प्रतिवद्धता व्यक्तिगत रुपमा आएको मन्त्रालयले जनाएको छ । 

संस्थागत रुपमा भन्दा पनि व्यक्तिगत रुपमा लगानी प्रतिवद्धता गर्नेहरुको संख्या बढ्दो क्रममा रहेको मन्त्रालयले जनाएको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]