January 22nd, 2017

तीन वर्षदेखि बैंकिङ कसुरमा फरार रहेका केसी पक्राउ

करिब तीन वर्षदेखि बैंकिङ कसुरमा फरार रहेका प्रकाश केसी पक्राउ परेका छन् । बनेपा नगरपालिका– ११ निवासी ५० वर्षीय केसीलाई प्रहरीले बनेपाबाट शनिबार पक्राउ गरेको हो । 

तत्कालीन पुनरावेदन अदालत पाटनले उनलाई बैंकिङ कसुर मुद्दामा तीन वर्ष कैद र पाँच करोड २५ लाख रुपैयाँ जरिवाना हुने ठहर गरी फैसला गरेको थियो । उनलाई २०७१ साल वैशाख २९ गते कैदसहित जरिवानाको फैसला सुनाइएको थियो । 

हाल उनलाई पक्राउ गरी सजाय तथा जरिवाना कार्यान्वयनका लागि जिल्ला अदालत काभ्रेपलाञ्चोकलाई बुझाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिए ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]