January 21st, 2017

किन घट्यो यती डेभलपमेन्ट बैंकको मुनाफा ?

यती डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १४ करोड ४१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत वर्षको सोहि अवधिको तुलनामा १० दशमलव २७ प्रतिशत कम नाफा कमाएको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा यतीले १६ करोड ५ लाख रुपैयाँ नाफा कमाएको थियो । 

१ अर्ब ३८ करोड रुपैयाँ चुक्ता पुँजी भएको बैंकको खुद व्याज आम्दानी भने उल्लेख्य मात्रामा बढेको छ । बैंकको खुद व्याज आम्दानी १०३ दशमलव २६ प्रतिशतले बढेर २३ करोड ९५ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ११ करोड ३१ लाख रुपैयाँ पुगेको छ । बैंकको निक्षेप गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा ३७ दशमलव ५५ प्रतिशतले बढेर १२ करोड ६ लाख रुपैयाँ संकलन भएको छ । यो अवधिमा बैंकले नौ करोड ४८ लाख रुपैयाँ खराब कर्जा उठाएको जनाएको छ । 

जोखिमयुक्त सम्पति १२ दशमलव २५ प्रतिशत र निष्कृय कर्जा शून्य दशमलव ७८ प्रतिशत रहेको बैंकले प्रोभिजनमा सात करोड ३८ हजार रुपैयाँ राखेको छ भने जगेडा कोषमा २४ करोड २५ लाख रुपैयाँ छुट्याएको छ । पुस मसान्तसम्ममा बैंकको प्रतिसेयर आम्दानी २० दशमलव ७९ रुपैयाँ (वार्षिक), प्रतिसेयर नेटवर्थ १ सय १७ दशमलव ५० रुपैयाँ र तरलता अनुपात २८दशमल ०४ प्रतिशत रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]