March 30th, 2016

बैँकर्स भुवन दाहालको विश्लेषण : ‘बैँकिङ प्रविधिमा जोड देउ’

bhuvan_kumar_dahal_sanima_bank01छिटो र छरितो बैंकिङ सेवा प्रवाह गर्नको लागि प्रविधिले विशेष भुमिका खेलको हुन्छ । यसै विषयलाई मध्यनजर गर्दै नेपाली बैंकहरुले प्रविधिको प्रयोगलाई जोड दिन थालेका छन् । नेपालमा सरकारी स्तरबाट सञ्चालनमा आएका बैंकहरु भन्दा निजी स्तरबाट सञ्चालनमा आएका बैंकहरु प्रविधि क्षेत्रमा अब्बल बन्न थालेका छन् । बैंकिङ सेवालाई चुस्त र दुरुस्त बनाउनको लागि नयाँ प्रविधिको प्रयोग गर्नैपर्नेमा निजी तथा सरकारी बैंकहरुले जोड दिएको पाइन्छ । बैंकिङ क्षेत्रलाई प्रविधिमैत्री बनाउनको लागि के गर्नुपर्ला ? भन्ने विषयको सेरोफेरोमा रहेर सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालसँग बैंकिङ खबर डटकमले गरेको कुराकानीको सम्पादिन अंश यहाँ प्रस्तुत गरिन्छ :

पेपरलेस बैँकिङ आजको आवश्यकता
अबको यूगमा बैंकिङ भनेकै पेपरलेश बैंकिङ हो । प्रविधिले बैंकिङ क्षेत्रमा फड्को मारिसकेको छ । हाम्रा अधिंकाश बैंकहरु प्रविधिलाई पछ्याउने क्रममा छौँ । बैंकहरुको शुल्क घटाउनका लागि मात्र होइन कामलाई छिटो र छरितो रुपमा अघि बढाउनको लागि पनि प्रविधिले विशेष भूमिका खेलेको हुन्छ । सानिमा बैंकले नेपालकै मर्कनाइटलको पुमोरी प्लस सफ्टवेयर चलाइरहेको छ । सम्भवतः यही आर्थिक वर्ष भित्रमा हाम्रो सफ्टवेयर परिवर्तन हुनेछ । यसबाहेक इन्टरनेट बैंकिङ, मोवाइल बैंकिङ, एटिएम कार्ड, भिजा कार्ड सञ्चालनमा ल्याइरहेका छौं । क्युएफआईको सहयोगमा व्राञ्चलेस बैंकिङ सुरुवात गरेका छौं । यसलाई पाइलट प्रोजेक्टको रुपमा अगाडि लैजाने सानिमा बैंकको योजना छ । त्यस्तै सानिमा बैंकको अनलाइन मार्फत भुक्तानी गर्न व्यवस्था सुरुका केही वर्षहरुमा ‘हेलो पैसा’ सञ्चालनमा ल्याएको थियौं । त्यसलाई परिवर्तन गरी हाल ई सेवा चलाइरहेका छौं । अलिक फरक ढंगको व्रान्चलेस बैंकिङ सुरुवात गरौं कि भन्ने हाम्रो ध्येय हो । क्यु एफ एक्स स्वचालित यन्त्र हो । यो यन्त्र भएपछि काउन्टरमा कर्मचारी बसिरहनु पर्दैन ।

सरकारले प्रविधि क्षेत्रमा लगानी गर्न कन्जुस्याईं गरेको छ
सानिमा बैंकसँग विज्ञान तथा प्रविधिकै क्षेत्रमा सामाजिक उत्तरदायित्व अन्र्तगतको रकम खर्च गन योजना छैन । विज्ञान तथा प्रविधिको क्षेत्रमा लगानी गर्नका लागि निजि क्षेत्र बैंक तथा वित्त कम्पनीहरुको सहभागिता बढाउने सम्बन्धमा आजसम्म बैंकर्स एसोसियनमा पनि  छलफल भएको छैन । सरकारले नै स्पष्ट नीति बनाएर अगाडि बढेको खण्डमा अवश्य पनि बैंक तथा वित्त कम्पनीहरुले यस क्षेत्रमा लगानी गर्नेछन् । पछिल्ला चरणमा बैंकबाट पैसा चोरी हुनेक्रम वढ्दो छ । त्यसमा प्रविधिको भन्दा पनि बैंकको आइटी क्षेत्रमा कार्यरत जनशक्तिहरुकै हात रहेको भेटिन्छ । यसो भन्दैमा विज्ञान तथा प्रविधिलाई अभिशाप नै हो भन्न त मिल्दैन । पछिल्लो चरणमा राष्ट्र बैंकले बैंक तथा वित्त कम्पनीहरुको आइटीको समेत अडिट गराउनुपर्ने नीति ल्याएको छ । आशा गरौं, नेपालका बैंक तथा वित्त कम्पनीहरुको अवको वर्षहरुमा आइटीको प्रयोग गर्नमा अझै अब्बल हुनेछन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]