January 20th, 2017

भव्य रुपले मनायो कृषि विकास बैंकले सेवाकालको स्वर्ण जयन्ती

सरकारी स्वामित्वको कृषि विकास बैङ्कले आफ्नो ५० औँ वार्षिकोत्सव अर्थात् स्वर्ण जयन्ती मनाएको छ । शुक्रबार बैंक कार्यालयमा विशेष कार्यक्रमको आयोजना गरी बैंकले स्वर्ण जयन्ती मनाएको हो । स्वर्णजयन्ती समारोहको प्रमुख अथितिको रुपमा रहेका उपप्रधान तथा माननीय अर्थमन्त्री कृष्ण बहादुर मोहराले पानसमा बत्ति बालेर उद्घाटन गरे ।

 समारोहको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री महराले कृषि विकास बैंकले सर्वसाधरणमा पुर्याएको सेवाको प्रशंसा गर्दै निरन्तर रुपमा गाउँका अति दुर्गम ठाँउहरुमा आफ्ना सेवाहरु अझ वृहत रुपमा फैल्याउन सुझाव दिए । साथै सरकारको कार्यमा समेत थप र उल्लेखनीय योगदान पु¥याउने विश्वास लिँदै स्वर्ण जयन्तीको अवसरमा बधाई तथा बैंकको उत्तरोत्तर प्रगतीको कामना समेत व्यक्त गरे ।

 कार्यक्रमको सभापतित्व बैंक संचालक समितिका अध्यक्ष प्रमोद कुमार कार्कीले गरेका थिए भने कृषि विकास बैकका प्रमुख कार्यकारी अधिकृत श्री लिला प्रकाश सिटौलाले स्वागत मन्तव्य व्यक्त गरेका थिए । समारोहमा पूर्व गभर्नरहरु दिपेन्द्र पुरुष ढकाल, डा. तिलकबहादुर रावल, बैंक संचालक सदस्यहरु, धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्की, राष्ट्रिय बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, नेपाल बैकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र प्रताप शाहलगायत कृषि विकास बैंकका ब्राण्डएम्ब्सडर दिपक राज गिरी र दिपा श्री निरौला, पूर्व महाप्रबन्धकहरु, बैंकका कर्मचारीहरु समेतको उपस्थिती थियो । कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालमा भने काठमाडौँ बाहिर भएकाले उपस्थित थिएनन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]