January 19th, 2017

आईएमईको कस्टुमर कार्डमा उपहार

आईएमई लिमिटेडले कस्टुमर कार्डमा बोनस अङ्कसहित निश्चित उपहारको व्यवस्था गरेको छ । कम्पनीले माघ १, २०७३ देखि असार मसान्त २०७४ सम्म लागु हुने गरी यो योजना ल्याएको हो । 

यस योजनाअन्तर्गत कस्टुमर कार्ड प्रयोग गरी गरिएका अन्तर्राष्ट्रिय कारोबारको भुक्तानी र आन्तरिक संकलन कारोबार रकमअनुुसार निश्चित बोनस अङ्क प्राप्त हुनेछ । निश्चित बोनस अङ्कमा तोकिएको उपहार प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । बोनस अङ्क नलिएको अवस्थामा भने कस्टमर कार्ड कारोबार(आन्तरिक पठाइने) अन्तर्गत प्रत्येक दोस्रो कारोबारको सेवाशुल्कमा ५ प्रतिशत छुटको सुविधा प्राप्त गर्न सकिने बताइएको छ । उपहारमा पेनड्राइभ, ब्याग, डीसहोम र मोबाईल सेट राखिएको छ । 

आईएमई लिमिटेडले सेवा शुभारम्भको १६औँ वर्षसम्ममा नेपालका सहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी ७५ जिल्लाका ५,५०० सय भन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले दःुख गरि कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]