January 19th, 2017

४० प्रतिशत हकप्रद सेयर जारी गर्दै नेपाल एसबीआई बैंक

नेपाल एसबीआई बैंकले ४० प्रतिशत अर्थात् १० बराबर चारको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने प्रक्रिया अघि बढाएको छ । बैंकले सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । सेयर निष्काशन गर्ने सम्बन्धमा एसबीआई बैंक र एनएमबि क्यापिटलबीच बुधबार सम्झौता भएको हो । 

नेपाल एसबीआईले एक अर्ब ९९ करोड १९ लाख ४२ हजार तीन सय ६० रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्न लागेको हो । हकप्रद निष्काशनको प्रस्ताव पारित गर्न बैंकले आगामी माघ २७ गतेलाई साधारणसभा बोलाएको छ । साधारणसभाले गत आर्थिक वर्षको कमाईबाट आफ्ना सेयरधनीलाई २८ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पनि पारित गर्ने बताइएको छ । साथमा बैंकले कर प्रयोजनका लागि १ दशमलब ५३ प्रतिशत नगद लाभांश पनि दिनेछ । साधारणासभा र बोनस सेयर वितरण प्रयोजनको लागि बैंकले माघ २३ गतेदेखि २७ गतेसम्म शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने जानकारी दिएको छ । जसअनुसार, माघ २२ गतेसम्म कायम सेयरधनीले मात्रै प्रस्तावित बोनस पाउनेछन् । 

हाल नेपाल एसबीआई बैंकको चुक्तापुँजी तीन अर्ब ८८ करोड रुपैयाँ रहेको छ । केही साताअघि मात्र जारी गरेको ६७ लाख कित्ता एफपिओबाट बैंकको चुक्तापुँजीमा ६७ लाख रुपैयाँ थप भएको छ । यसबाहेक, २८ प्रतिशत बोनस जारी गरेपछि बैंकको चुक्तापुँजी झन्डै पाँच अर्ब रुपैयाँ पुग्नेछ भने हकप्रद सेयर पनि जारी गरिसकेपछि बैंकको चुक्तापुँजी झन्डै सात अर्ब रुपैयाँ पुग्नेछ ।  


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]