एनआईसी एसिया बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा ७२ करोड १४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४३ दशमलव ६८ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा एनआईसी एसियाले ५० करोड २० लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।
पाँच अर्ब ८१ लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकको खुद व्याज आम्दानी गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा ३७ दशमलव १७ प्रतिशतले बढेर एक अर्ब १५ करोड ३८ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, सञ्चालन मुनाफा २३ दशमलव ९८ प्रतिशतले बढेर ७६ करोड ३७ लाख रुपैयाँ पुगेको छ ।
सिटिजन्सले गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा ३५ दशमलब ५८ प्रतिशतले बढी अर्थात् ७९ अर्ब ७ करोड १६ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । त्यस्तै, कर्जातफ बैंकले ६६ अर्ब ४२ करोड २७ लाख रुपैयाँ लगानी गरेको छ ।
निष्कृय कर्जा शून्य दशमलव ७२ प्रतिशत र जोखिमयुक्त सम्पति १२ दशमलव ४५ प्रतिशत रहेको बैंकले जगेडाकोषमा २ अर्ब ६४ करोड ७९ लाख रुपैयाँ राखेको छ । यो अवधिमा बैंकले ३२ करोड ८३ लाख रुपैयाँ खराब कर्जा उठाएको जनाएको छ ।
पुस मसान्तसम्ममा एनआईसी एसिया बैंकको प्रतिसेयर आम्दानी २४ दशमलव ८ रुपैयाँ रहेको छ भने मुल्य आम्दानीे अनुपात २० दशमलव ३७ गुणा रहेको छ । त्यस्तै, प्रतिसेयर नेटवर्थ १४५.५० रुपैयाँ र तरलता अनुपात २३ दशमलव ०१ प्रतिशत रहेको छ ।