January 18th, 2017

धितोपत्र बोर्डलाई नेप्सेको राय : ‘बैंकहरुलाई ब्रोकर लाइसेन्स दिन राष्ट्र बैंकसँग समन्वय गर्नुपर्छ’

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले बाणिज्य बैंकलाई सेयर दलाल लाईसेन्स दिन नेपाल राष्ट्र बैंकसँग नेपाल धितोपत्र बोर्डको समन्वय हुनुपर्ने भन्दै बोर्डमा पत्र पठाएको छ । नेप्सेका प्रबक्ता मुराहरि पराजुलीले एक बिज्ञप्ति जारी गर्दै सो जानकारी गराएका हुन् । नेप्सेद्धारा गठित कार्यदलले बाणिज्य बैंकलाई सेयर दलाल लाईसेन्स दिन राष्ट्र बैंकको निर्देशनले रोक लगाएको अबस्थामा धितोपत्र बोर्डले नै समन्वय गरी लाईसेन्स दिने प्रक्रिया अगाडि बढाउनुपर्ने रायसहित बोर्डमा पुनः प्रतिवेदन पेश गरेको विज्ञप्तिमा बताइएको छ ।

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]