January 18th, 2017

राष्ट बैंक ऋणपत्र बेचेर स्टान्डर्ड चार्टर्डले लियो साढे एक अर्ब, अरुले देखाएनन् चासो

नेपाल राष्ट्र बैंकले तरलता कम गर्ने उद्देश्यले प्रस्ताव गरेको ४० अर्ब रुपैयाँमा २७ वटा बैंकहरुबाट आवेदन परेको छ । मंगलबार राष्ट्र बैंकले छ महिना अवधिका लागि राष्ट्र बैंक ऋणपत्र बेचेर पैसा लैजान आह्वान गरेकोमा २७ वटा बैंकहरुले मात्रै आवेदन दिएका छन् । आवेदन दिएकामध्ये स्टान्डर्ड चार्टर्ड बैंकले मात्रै पैसा लैजान चासो देखाएको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

स्टान्डर्ड चार्टर्डले चार वटा आवेदनमार्फत ३.७४ देखि ३.८९ प्रतिशतसम्म ब्याज तोकेर आवेदन दिएको थियो । अन्तर बैंक कारोबारमा चलेको ब्याज दर हाराहारी आवेदन दिएकाले राष्ट्र बैंकले उसलाई एक अर्ब ५३ करोड रुपैयाँ उपलब्ध गराएको जनाएको छ । तर,  बैंकहरुले ९ अर्ब ५६ करोड रुपैयाँ बराबरको आवेदन अन्तर बैंक ब्याज दर ३.७४ प्रतिशतभन्दा पनि तल गएर हालेपछि राष्ट्र बैंकले २६ वटा बैंकहरुको आवेदन खारेज गरिदिएको छ ।  


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]