January 16th, 2017

आईएमईको लोगो अंकित झण्डा अन्टार्कटिकाको सर्वोच्च शिखरमा

पर्वतारोही संजय पण्डितले आईएमईको लोगो अंकित झण्डा अन्टार्कटिकाको सर्वोच्च शिखर विन्सोन मसिफमा फहराएका छन् । गत पुस २० गते तदनुसार ४, जनवरी २०१७ मा उनले उक्त झण्डा फहराएका हुन् । अफ्रिकाको सर्वोच्च शिखर किलिमञ्जरो तथा अष्ट्रेलियाको सर्वोच्च शिखर कोजियसको उल्टो हिँडेर आरोहण गर्ने किर्तिमानी विश्वआरोही संजय पण्डितको यो पछिल्लो हिमाल आरोहण थियो ।

पण्डित सर्वोच्च शिखर सगरमाथा, आठौँ ठूलो पर्वत मनास्लु, युरोपको सर्वोच्च शिखर एलब्रस, जापान तथा अमेरिकी सर्वोच्च शिखरको सफल आरोहण गरी सो हिमालहरुमा आईएमई लोगोअंकित झण्डा फहराउन सफल भएका छन् ।

आफ्नो स्थापना कालदेखि नै रेमिट्यान्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पुर्याउन प्रतिबद्व यस कम्पनीले सेवा शुभारम्भको १६औँ वर्षसम्ममा नेपालका सहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी ७५ जिल्लाका पाँच लाख २० हजारभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]