January 16th, 2017

राष्ट्र बैंकले जारी गर्यो तीन अर्बको ट्रेजरी बिल

नेपाल राष्ट्र बैंकले तीन अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गरेको छ । राष्ट्र बैंकले सोमबार ९१ दिने अवधिको ट्रेजरी बिल जारी गरेको हो । उक्त ट्रेजरी बिल आगामी बैशाख ५ गते परिपक्व हुनेछ । 

राष्ट्र बैंकले गत सोमबार पनि ६० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गरेको थियो । उक्त ट्रेजरी बिलमा तीन अर्ब तीन करोड रुपैयाँ बराबरको आवेदन परेको थियो । ९१ दिने अवधिको उक्त ट्रेजरी बिल आगामी चैत २९ गते परिपक्व हुनेछ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]