January 16th, 2017

भार्गव विकास बैंकले कमायो एक करोड ८० लाख रुपैयाँ मुनाफा

भार्गव विकास बैंक लिमिटेड चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा एक करोड ८० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत वर्षको तुलनामा खुद मुनाफामा ७५ दशमलव २२ प्रतिशतले बढोत्तरी गरेको हो । गत आर्थिक वर्षको सोही अवधिमा भार्गवले एक करोड दुई लाख रुपैयाँ मुनाफा कमाएको थियो ।

यो अवधिमा बैंकको खुद व्याज आम्दानी ५० दशमलव ७३ प्रतिशतले बढेर ३ करोड ७३ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, संचालन मुनाफामा ७५ प्रतिशतले बढेर दुई करोड ८२ लाख रुपैयाँ पुगेको छ । 

१४ करोड ४० लाख रुपैयाँ चुक्ता पूँजी भएको बैंकले निक्षेपमा गत वर्षको सोहि अवधिको तुलनामा २४ दशमलव ७१ प्रतिशतले वृद्धि गरी एक अर्ब ६५ करोड ५४ लाख रुपैयाँ संकलन गरेको छ भने कर्जातर्फ ४९ दशमलव ४६ प्रतिशतले बढाएर एक अर्ब ३८ करोड ७५ लाख रुपैयाँ लगानी गरेको छ । 

निष्कृय कर्जा शुन्य दशमलव ४२ प्रतिशत र जोखिमयुक्त सम्पत्ति ११ दशमलव ९८ प्रतिशत रहेको बैंकले २९ लाख रुपैयाँ प्रोभिजनमा राखेको छ भने जगेडकोषमा चार करोड आठ लाख रुपैयाँ राखेको छ । बैंकको प्रतिसेयर आम्दानी १२ दशमलव ५० रुपैयाँ रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]