March 28th, 2016

सोमबारको शेयर बजार : ८२ करोडको कारोबार, साँढे दुई अंकले ओर्लियो परिसूचक

economicसोमबार शेयर बजार ओरालो लागेको छ । आइतबार १ अर्बमाथिको शेयर कारोबार भएको बजारमा सोमबार ८२ करोडको कारोबार भएको छ । दिनभरिमा १ सय २३ वटा कम्पनिको १६ लाख ३६ हजार ८ सय २ कित्ता शेयर ४ हजार ४४ पटक किनबेच हुँदा ८२ करोड २९ लाख ३० हजार ५ सय २७ रुपैँया बराबरको कारोबार भएको हो । नेप्से परिसूचक पनि २.५८ अंकले घटेर १३७४.७५ अंकमा कायम भएको छ । 

सबैभन्दा धेरै कारोबार गर्ने सूचीको अग्रस्थानमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनि रहेको छ । कम्पनिको ७ करोड ३० लाख ४५ हजार २ सय ५१ रुपैँयाको शेयर कारोबार भएको छ । नेपाल बैँकको ५ करोड ४६ लाखभन्दा बढीको शेयर कारोबार भएको छ भने नविल बैँक र सिटिजन बैँकको ४ करोडमाथिको कारोबार भएको छ । त्यस्तै, सानिमा बैँक र एभरेष्ट बैँकको ३ करोड माथिको शेयर कारोबार भएको छ भने इन्भेष्टमेन्ट बैँक, एनएमबी बैँक र चिलिमे हाइड्रो पावर कम्पनिको २ करोडमाथिको शेयर कारोबार भएको छ । नेशनल हाइड्रोपावर कम्पनिको १ करोड ९७ लाखभन्दा माथिको शेयर कारोबार भएको नेप्सेले जनाएको छ । 

पश्चिमाञ्चल फाइनान्स र महिला सहयात्रा माइक्रोफाइनान्सका लगानीकर्ताले सोमबार धेरै कमाएका छन् । यी कम्पनिहरुको शेयर मुल्य क्रमशः ९.९६ र ९.९४ अंकले बढेको छ । इनोभेटिभ डेभलपमेन्ट बैँक, महाकाली विकास बैँक, नागवेली लघुवित्त लगायतले पनि धेरै कमाएका छन् । गुमाउनेमा कालिञ्चोक डेभलपमेन्ट बैँक, सेती फाइनान्स, सेन्ट्रल फाइनान्स लगायत छन् ।

वीमा, जलविद्युत्, अन्य र वाणिज्य बैँक समूहले सोमबारको शेयर बजार ओरालेका छन् । सबैभन्दा धेरै वीमा समूहको शेयर २४.३५ अंकले घटेको छ भने जलविद्युत्, अन्य र वाणिज्य समूहको शेयर क्रमशः २२.६४, ११.७५ र २.०४ अंकले घटेका छन् । त्यस्तै, सबैभन्दा धेरै होटल समूहको शेयर २५.३ अंकले बढेको छ भने विकास बैँक र फाइनान्स समूह क्रमशः ८.६८ र ०.३४ अंकले बढेका छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]