January 14th, 2017

रैराङ हाइड्रोपावरको पाँच लाख ६० हजार कित्ता सेयर आउँदै

रैराङ हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले पाँच लाख ६० हजार कित्ता साधारण सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरमा पाँच करोड ६० लाख रुपैयाँ बराबरको सेयर स्थानीय वासिन्दाका लागि निष्काशन गर्न लागेको हो । 

सेयर निष्काशनको अनुमति माग गर्दै कम्पनीले गत बुधबार(पुस २७ गते) नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । सेयर निष्काशन तथा विक्रि प्रबन्धककमा कम्पनीले एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । 

रैराङ हाइड्रो अरूण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सहायक कम्पनी हो । यो कम्पनीले ९ दशमलव ९ मेगावाटको इवाखोला जलविद्युत् आयोजना निमार्ण गर्देछ । कम्पनीले २०७३ को अन्त्यसम्ममा यो आयोजनाको निर्माण पूरा गर्ने लक्ष्य लिएको छ । 
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]