January 14th, 2017

सफल व्यवसायी बन्न चाहानुहुन्छ ? पछ्याउनुस् ज्याक माका यी तीन टिप्स

ज्याक मा चिनियाँ ईकमर्श कम्पनि अलिबाबाका संस्थापक हुन् । उनी विश्वका ३३ औँ धनी व्यक्ति समेत हुन् । उनको कुल सम्पत्ति २२ अर्ब ७० करोड डलर छ । एक कुशल तथा सफल व्यवसायीका रुपमा स्थापित ज्याक मा कुनै पनि व्यवसाय सुरु गर्न सहज नरहेको बताउँछन् । उनको नजरमा कुनै पनि व्यवसाय सुरु गरि त्यसलाई सफल र दिर्घकालीन बनाउनको लागि यस्ता कुरामा ध्यान पुर्याउनुपर्छ :

आफुले सुरु गरेको कामप्रतिको लगाव
आफ्नो कम्पनि, व्यवसाय र उत्पादनप्रति सुरुमा आफूलाई लगाव हुनु जरुरी हुन्छ । आफ्नो उत्पादनलाई आफूले राम्रो नदेखेसम्म अरुले मन पराउँछ भनेर सोच्नु उपयुक्त हुँदैन । आफ्नो उत्पादन तथा सेवा राम्रो छ र उपभोक्तामाझ यसले लोकप्रियता कमाएरै छोड्छ भन्ने किसिमको सकारात्मक सोचाई लिएर अघि बढ्नु अत्यावश्यक हुन्छ । अरुको भलो चाहने मानिसहरु मात्रै सफल हुन सक्छन् भन्ने मेरो बुझाई छ । एक पटकको असफलतामा हार मान्नु भनेको सबैभन्दा ठूलो मूर्खता हो । आफ्नो जीत या हारभन्दा पनि उपभोक्ताले तपाईँको उत्पादन कति मन पराए, यसका ध्यान दिनुस् । 

उपभोक्ताको चाहनाअनुरुप उत्पादन तथा वितरण
सुरुमा कुनै पनि व्यवसाय कसरी गरिनुपर्छ भन्ने कुराको सामान्य जानकारी भइसकेपछि त्यसलाई कसरी व्यवहारमा ल्याउने भन्ने कुराको मनन गर्नुपर्दछ । साना व्यवासयका लागि के पृथकता ल्याउन सकिन्छ, उपभोक्तासँग सम्पर्क कसरी बढाउन सकिन्छ लगायतका कुरामा पहिले नै विचार गर्नुपर्छ । आफूले प्रदान गर्न चाहेको वस्तु तथा सेवाको खाँचो र महत्व कस्ता उपभोक्तालाई हुन सक्छ भन्ने कुराको जानकारी राख्नुपर्दछ । व्यवसाय गर्नु भनेको खरिद विक्रिको प्रक्रिया मात्र नभएर उपभोक्तासँगको सम्बन्धलाई कायम राख्नु तथा विस्तार गर्नु पनि हो । आफ्नो उत्पादन मन पराउने उपभोक्ता तपाईँका लागि सबैभन्दा महत्वपूर्ण हो भन्ने भावनाका साथ काम गर्नु एकदमै जरुरी हुन्छ । 

आफ्नो उत्पादनलाई सकेसम्म उत्कृष्ट बनाउने अठोट
कुनै पनि उत्पादनलाई कस्तो बनाउँदा उपयुक्त हुन्छ भन्ने कुरा त्यसको प्रयोगकर्तालाई सबैभन्दा बढी थाहा हुन्छ । तपाईँको व्यवसायमा पनि यही कुरा लागू हुन्छ । त्यसैले, आफूले उपलब्ध गराइरहेको सेवा तथा वस्तु कतिको उपयोगी तथा प्रभावकारी छ, यसका कमजोरीहरु केके छन् र केके सुधार गर्दा उपयुक्त हुन्छ भन्ने कुराको निक्र्यौल प्रयोगकर्ताकै प्रतिक्रियाअनुसार गर्दा राम्रो हुन्छ । यसले उपभोक्ताहरुमाा तपाईँको विश्वसनियता बढाउनमा समेत मद्धत पुर्याउँछ । आफ्नो गल्तीहरुबाट पाठ सिकेर अघि बढ्यो भने कुनै पनि व्यवसायमा सफलता पाउन सकिन्छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]