January 12th, 2017

नेप्सेमा थपियो ७८ लाख ८५ हजार कित्ता सेयर

विहीबार नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा ७८ लाख ८५ हजार चार सय ६६ कित्ता सेयर सूचिकृत भएका छन् ।

सानिमा बैंकको ६८ लाख ८५ हजार छ सय ४८ कित्ता बोनस सेयर र निर्धन उत्थान बैंकको नौ लाख ९९ हजार आठ सय १८ कित्ता बोनस सेयर सूचिकृत भएको नेप्सेले जनाएको छ । आगामी सातादेखि उक्त सेयरको कारोबार सुरु हुनेछ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]