January 12th, 2017

सगरमाथा इन्स्योरेन्सको २२ प्रतिशत बोनस सेयर पारित

सगरमाथा इन्स्योरेन्स कम्पनीका सेयरधनीले २३.१५७ प्रतिशत लाभांश पाउने भएका छन् । कम्पनीको २० औँ वार्षिक साधारणसभाले गत आर्थिक वर्षको कमाईबाट २२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.१५७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो । 

कम्पनीले अघिल्लो वर्षको तुलनामा ८ दशमलब ८६ प्रतिशतले व्यावसाय वृद्धि गरि एक अर्ब ११ करोड रुपैयाँ प्रिमियम आर्जन गर्न सफल भएको कम्पनीका अध्यक्ष रामकृष्ण मानन्धरले बताए । सो अवधिमा कम्पनीले २० करोड ६७ लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ । जुन अघिल्लो वर्षको तुलनामा १७५ दशमलब ४८ प्रतिशतले बढी हो ।

चालु आर्थिक वर्षको पुससम्म कम्पनीले ६४ करोड रुपैयाँ बीमा प्रिमियम संकलन गरेको छ । हाल कम्पनीले प्रधान कार्यालय बाहेक ३३ वटा शाखारउपशाखा कार्यालयहरुबाट वीमा सेवा उपलब्ध गराउँदै आएको छ । चालू आर्थिक वर्षको अन्त्यसम्ममा ४२ शाखा पुर्याउने कम्पनीको योजना छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]