January 11th, 2017

नेप्सेले गर्यो इच्छुमती नदीको सरसफाई, आगामी शुक्रबार रक्तदान कार्यक्रम गर्ने

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले आफ्नो २४औं वार्षिकोत्सवको अवसर पारेर बुधबार नदी सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । आफ्नो वार्षिकोत्सव कार्यक्रम साप्ताहिक रुपमा सञ्चालन गर्ने उद्देश्यअनुरुप नेप्सेले कार्यालय परिसर अगाडि ईच्छुमती नदी (टुकुचा) को दुवै किनारा र वरपर सरसफाई गरेको हो । नदीको झण्डै एक सय मिटर सरसफाईमा एक्साभेटर पनिप्रयोग गरिएको थियो । सरसफाईमा नेप्सेका कर्मचारीहरुको राम्रो उपस्थिती रहेको थियो ।

वार्षिकोत्सवकै अवसरमा नेप्सेले गत शनिबार कर्पोरेट बुल्स रेस आयोजना गरेको थियो । साथै, आगामी शुक्रबार रक्तदान कार्यक्रम समेत आयोजना गर्न लागेको नेप्सेले जनाएको छ । रक्तदान कार्यक्रममा पुँजीबजारका सरोकारवाला तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति हुने अपेक्षा नेप्सेले गरेको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]