January 11th, 2017

आस्बा प्रणालीका लागि टुरिजम डेभलपमेन्ट बैंकले पायो अनुमति

टुरिजम डेभलपमेन्ट बैंक लिमिटेडले धितोपत्र दरखास्त सम्बन्धी कार्य गर्नको लागि आस्बा (ASBA) प्रणालीको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले बैंकलाई बुधबार सो अनुमति दिएको हो । 

धितोपत्रको सार्वजनिक निष्काशन कार्यलाई छिटो, छरितो र पारदर्शी बनाई सर्वसाधारण लगानीकर्ताहरुले सहज रुपमा धितोपत्र खरीद गर्न सक्ने व्यवस्था गर्ने उद्देश्यले आस्बा प्रणाली लागू गर्न लागिएको हो । यससँगै अब टुरिजम डेभलपमेन्ट बैंकमा खाता भएका ग्राहकले खातामा रकम रोक्का राखी लगानी गर्न सक्ने भएका छन् । आस्बा प्रणाली आगामी माघ १ गतेदेखि सञ्चालनमा आउँदैछ ।  

थप जानकारी चाहिएमा बैंकको वेबसाइट www.tdbl.com.np तथा बैंकका शाखा कार्यालयहरुमा सम्पर्क राख्न सकिने बैंकले जनाएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]