January 11th, 2017

गणपति माइक्रोफाइनान्सले एकै दिन विस्तार गर्यो दुई शाखा

गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले एकै दिन दुई शाखा स्थापना गरि सञ्चालनमा ल्याएको छ ।

संस्थाले बुधबार (पौष २७ गते) कावासोती नगरपालीका – ३ , नवलपरासी र रामनगर गा.वि.स. – १ , नवलपरासी, भुमईमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।

दुबै शाखा कार्यालयको उद्घाटन संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री अच्युतराज सापकोटाले गरेका थिए ।

यी दुई शाखासँगै गणिपति माइक्रोफाइनान्सको शाखा संख्या ८ पुगेको छ । यसै महिनाभित्र थप २ वटा शाखाहरु सञ्चालनमा ल्याउने योजना संस्थाको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]