January 11th, 2017

बीमा समितका अध्यक्ष चापागाँइले पदभार सम्हाले (हेर्नुस् फोटोफिचर)

रोयल आचार्य/बैंकिङ खबर- बीमा समितिका अध्यक्ष चिरञ्जीवि चापागाँईले आज कार्यालय पुगेर औपचारिक रुपमा पदभार ग्रहण गरेका छन् । नेपाल सरकार मन्त्रीपरिषद्बाट १ साता अगाडी नियुक्त भएका अध्यक्ष चापागाँईले आज बुधवार ललितपुरको कुपण्डोल स्थित कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन् ।

बीमा समितिका निवर्तमान अध्यक्ष डा. फत्त बहादुर केसीको कार्य अवधि सकिएको २० दिन पछि नयाँ अध्यक्षले पदभार ग्रहण गरेका हुन् । मन्त्रीपरिषद् बैंठकले नियुक्ती गरेको १ साता पछि गत सोमबार अर्थमन्त्रालय पुगेर चापागाँईले नियुक्ती पत्र बुझेका थिए ।

नयाँ अध्यक्षको भव्य स्वागत
बीमा समितिका नव नियुक्त अध्यक्षले कार्यभार सम्हालेसंगै बीमा समितिमा कार्यरत कर्मचारीहरुले भव्य स्वागत गरेका छन् । कुपण्डोल स्थित बीमा समितिको कार्यालय प्रांगणमा आयोजित भव्य समारोहकावीच नयाँ अध्इक्षलाई स्वागत गरेका हुन् ।

स्वागत कार्यक्रममा बीमा समितिका कार्यरत कर्मचारी तथा बिभिन्न बीमा कम्पनीका प्रमुखहरुले चापागाँईलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै शुभकामना दिएका थिए । स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै बीमा समितिका निर्देशक श्रीमान कार्कीले बैंकहरुको नियमक निकाय नेपाल राष्ट्र बैंकमा लामो अनुभव भएको व्यक्ति नियुक्त गरेकोमा मन्त्रीपरिषद् प्रति खुसी व्यक्त गरे । निर्देशक कार्कीले – बीमा समिति पनि बीमाहरुको नियमक सस्ँथा भएकाले अध्यक्ष चापागाँईबाट बीमा समितिको सफल नेतृत्व बन्ने विस्वास व्यक्त गरे

 

स्वागत कार्यक्रममा बीमामा नागरिकको पहूँच विस्तार गर्न वीमा समितिका नव नियुक्त अध्यक्षलाई बीमा बिज्ञहरुको सुझाव दिएका छन् ।

बीमा विज्ञहरुले बीमा समितिको ७० बर्षे इतिहाँसमा बीमाको पहूँचमा जम्मा ७ प्रतिशत मात्र नागरिक रहेको तथ्यांकले देखाएको छ । अध्यक्ष चापागाँईले नागरिकको पहूँच विस्तारमा ध्यान दिनु पर्ने बीमा बिज्ञहरुको सुझाव थियो । बिज्ञहरुको सुझावलाई मध्यनजर गर्दै बीमाको पहूँच विस्तार गर्न आफूले भूमिका खेल्ने अध्यक्ष चापागाँईले वताएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष चापागाँईले भने ‘बीमा समितिको नेतृत्वको पदभार गरे संगै सबैको साथ, सहयोग र सुझाव अनुसार बीमा समितिलाई अगाडी बढाउने सोच बनाएको छु ।’


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]