January 11th, 2017

०.३९ अंकको सामान्य गिरावटसँगै बन्द भयो बुधबारको सेयर बजार 

बुधबार सेयर बजार सामान्य अंकले घटेर बन्द भएको छ । नेप्से परिसूचक ०.३९ अंकको गिरावट सँगै १४७६.५१ अंकमा बन्द भएको हो । बीमा, जलविद्युत् र विकास बैंकले बुधबारको बजार घटाएका छन् । यी समूहहरु क्रमशः ५०.२३, १२.२५ र ९.०७ अंकले घटेका छन् । बैंकिङ, होटल, फाइनान्स र अन्य भने क्रमशः २.३४, ७.०७, ११.८ र २.३२ अंकले बढेका छन् । 

मंगलबारको तुलनामा कारोबार रकम पनि थोरै घटेको छ । मंगलबार ३७ करोडको कारोबार भएको बजारमा बुधबार सवा ३६ करोडको कारोबार भएको छ । दिनभरिमा १२० वटा कम्पनीको ४५ लाख ६० हजार नौ सय ३१ कित्ता सेयर दुई हजार छ सय १३ पटक खरिदविक्री हुँदा ३६ करोड २५ लाख ५५ हजार नौ सय ५७ रुपैयाँ पुँजी परिचालन भएको छ । 

कुल कारोबारमध्ये, नविल ब्यालेन्स फण्डको चार करोड ७४ लाख ९२ हजार रुपैयाँको कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्स र एभरेष्ट बैंकको दुई करोडमाथिको कारोबारम भएको छ भने एनएमबि सुलभ फण्डको एक करोड ९७ लाखको कारोबार भएको छ । प्राइम बैंक, स्टान्डर्ड चार्टर्ड बैंक, कुमारी बैंक र एनबि इन्स्योरेन्सको पनि एक करोडमाथिको कारोबार भएको छ । सिभिल बैंकको ९० लाख र सिद्धार्थ बैंकको ८५ लाखको कारोबार भएकोा छ । 

बुधबारदेखि नै सेयर कारोबार सुरु भएको सहयोगी विकास बैंकका सेयरधनीले सबैभन्दा धेरै ९.८८ प्रतिशतका दरले सम्पत्ति बढाउँदा कर्णाली डेभलपमेन्ट बैंकका सेयरधनीले ९.७९ प्रतिशतका दरले कमाएका छन् भने जेविल्स फाइनान्सका सेयरधनीले ५.१५ प्रतिशतका दरले कमाएका छन् । राष्ट्रिय बीमा कम्पनी प्रोमोटर, हिमालयन जेनेरल इन्स्योरेन्स, नागरिक लगानी कोष, अल्पाइन डेभलपमेन्ट बैंक, जानकी फाइनान्स, राप्तीभेरी विकास बैंक, टुरिजम डेभलपमेन्ट बैंक लगायतका सेयरधनीले पनि कमाएका छन् । 

गुमाउने कम्पनीहरुको अग्रस्थानमा रहेको एनबि इन्स्योरेन्सका सेयरधनीले ६.२३ प्रतिशतका दरले आफ्नो सम्पत्ति घटाएका छन् भने रिडी हाइड्रो, भार्गव विकास बैंक र पूर्णिमा विकास बैंकका सेयरधनीले ४ प्रतिशतभन्दा बढीका दरले गुमाएका छन् । रिलायबल माइक्रोफाइनान्स, कन्काई विकास बैंक, सुर्या लाइफ इन्स्योरेन्स, फस्र्ट माइक्रोफाइनान्स, आईएलएफसीओ माइक्रोफाइनान्स, गुराँस लाइफ इन्स्योरेन्स लगायतका सेयरधनीले पनि गुमाएका छन् ।   
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]