January 11th, 2017

एनएमबि माइक्रोफाइनान्सले सुरु गर्यो लघुवित्त अभिमुखीकरण तालिम 

एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले दुईदिने लघुवित्त अभिमुखीकरण तालिम पुस २७ गतेबाट सुरु गरेको छ ।  संस्थाले हिमाली, पहाडी, दुर्गम, क्षेत्रमा रहेका न्यून आयस्तर भएका परिवारमा लघुवित्त सेवा पुर्याउने उद्देश्यले यो तालिमको आयोेजना गरेको हो । पोखराको पृथ्वीचोक स्थित न्यू ब्ल्यु ह्याभन होटलमा सञ्चालित उक्त तालिमको उद्घाटन संस्थाका प्रमुख कार्यकारी अधिकृत तिर्थरत्न कोनाजोले गरे ।  

उद्घाटन कार्यक्रममा कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै प्रमुख कार्यकारी अधिकृत कोनाजोले लघुवित्तको परिचय, लघुवित्तको इतिहास, नेपालमा लघुवित्तको सुरुवात लगायतका बारेमा सहभागीहरुलाई स्पष्ट पारे । वित्तीय संस्थाको परिचय दिने क्रममा उनले विशेष गरी यसको कार्यक्षेत्र देशको हिमाली र पहाडी जिल्लाहरुमा केन्द्रीत रहेको जानकारी गराए ।  । गाउँघरका महिला सदस्यहरु आर्थिक रुपले विपन्न भए तापनि उनीहरु इमान्दार, मेहनती र विश्वासिलो हुने भएकाले सो क्षेत्रमा लघुवित्त कार्यक्रम प्रभावकारी भइरहेको उनले बताए । साथै, उनीहरुको आर्थिक उन्नतीका लागि तन, मन, वचन र कर्मले लाग्न पे्ररित समेत गरे । 

लघुवित्त क्षेत्रमा काम गर्ने कर्मचारीहरुमा हुनुपर्ने गुणहरु, फिल्डमा आइपर्ने समस्या तथा चुनौतीहरु र ती चुनौतीहरुको समाधान गर्ने उपायहरुका साथै समुह प्रवेशपूर्व तालिम संचालन प्रक्रियाहरुका बारेमा केन्द्रित रहने जानकारी कार्यक्रममा गराइयो । त्यसैगरी फिल्डमा काम गर्ने कर्मचारीहरुमा लघुवित्तको बारेमा आवश्यक ज्ञानका साथै अन्य विविध क्षेत्रको ज्ञान आवश्यक रहेकोले सोही ज्ञान, सीप र दक्षता अभिबृद्धि गर्न तालिमको आयोजना गरिएको कोनाजोले बताए । हरेक कर्मचारीहरुमा सकारात्मक सोचाई हुनुपर्ने र कर्मचारीहरु ग्रामीण क्षेत्रको विपन्न वर्ग, समुदायमा काम गर्नुपर्ने भएकाले सो क्षेत्रको वातावरण वुझि सोहीअनुसार ब्यवहार गर्नुपर्ने उनको भनाई थियो ।

कार्यक्रममा मन्तव्य राख्दै कार्य सञ्चालन विभाग प्रमुख सजल खड्काले एनएमवि माइक्रोफाइनान्स वित्तीय संस्थाको सेवा वारेमा चर्चा गरेका थिए । विभिन्न शाखा कार्यालयहरुमा ७ दिनको अवधारणा भ्रमण गरि फर्केका २९ जना प्रशिक्षार्थीहरुले भ्रमणको सिकाई, लघुवित्तले पारेको प्रभाव सहित प्रतिवेदन प्रस्तुत गरिनेछ । 

एनएमवि माइक्रोफाइनान्स वित्तीय संस्थाले हाल २५ जिल्लामा ५० वटा शाखामार्फत ४८००० परिवारलाई प्रत्यक्ष लघुवित्त सेवा दिइरहेको छ । उक्त संस्था राष्ट्रिय स्तरको वित्तीय संस्थामा रुपान्तरण हुने प्रक्रियामा छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]