January 11th, 2017

सहयोगी र सहाराबीचको मर्जर तोडियो, नेप्सेमा कारोबार खुला

सहयोगी बिकास बैंक र सहारा विकास बैंकबीचको मर्जर तोडिएको छ । मर्जरमा नजाने भएपछि दुबै बैंकको सेयर कारोबार बुधबारदेखि खुलेको नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले जनाएको छ । सहयोगी विकास बैंकको स्टक सिम्बोल एसबीएलजे र सहारा विकास बैंकको एसएचबीएल रहेको छ । 

जनकपुरधाममा मुख्य कार्यालय रहेको सहयोगी विकास बैंक तीनजिल्ला कार्यक्षेत्र भएको बैंक हो भने सर्लाहीको मलंगवामा मुख्य कार्यालय रहेको सहारा विकास बैंक एक जिल्ला कार्यक्षेत्र भएको बैंक हो । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]