January 11th, 2017

बीमा समितिका अध्यक्षका लागि यस्ता छन् चुनौतिहरु 

बीमा समितिका अध्यक्ष चिरञ्जीवि चापागाँईले आज पदभार ग्रहण गर्ने भएका छन् । १ हप्ता अगाडी मन्त्री परिषद् बैठकबाट नियुक्त भएका चापागाँईले आज ललितपुरको कुपण्डोल स्थित बीमा समितिको कार्यालय पुगेर पदभार ग्रहण गर्ने भएका हुन् । मन्त्रीपरिषद् बैंठकले नियुक्ती गरेको १ साता पछि गत सोमबार अर्थमन्त्रालय पुगेर चापागाँईले नियुक्ती पत्र बुझेका थिए । बीमा समितिका नव नियुक्त अध्यक्षको स्वागतका लागि आज बीमा समितिका कर्मचारीहरुले भव्य स्वागत कार्यक्रमको आयोजना गरेका छन् । बीमा समितिमा कार्यरत एक कर्मचारीका अनुसार नयाँ अध्यक्षको स्वागतका लागि बीमा समितिमा अपरान्ह १ बजे भव्य समारोहका वीच स्वागत गर्ने कार्यक्रम रहेको छ । बीमा समितिको ७० बर्षे इतिहाँसमा बीमाको पहूँचमा जम्मा ७ प्रतिशत मात्र नागरिक रहेको एक तथ्यांकले देखाएको छ । बीमामा नागरिको पहूँच विस्तार गर्न वीमा समितिका नव नियुक्त अध्यक्षलाई बीमा बिज्ञहरुको सुझाव दिएका छन् । बिज्ञहरुको सुझावलाई मध्यनजर गर्दै बीमाको पहूँच विस्तार गर्न आफूले भूमिका खेल्ने अध्यक्ष चापागाँईले वताएका छन् । बैंकिङ खबरसंग कुरा गर्दै अध्यक्ष चापागाँईले भने ‘बीमा समितिको नेतृत्वको पदभार गरे संगै सबैको साथ, सहयोग र सुझाव अनुसार बीमा समितिलाई अगाडी बढाउने सोच बनाएको छु ।’

बीमा समितिका चूनौतिहरु
नेपालमा बीमाको इतिहास झण्डै ७ दशकको छ । नेपाल बैंक लिमिटेडको आफ्नो आन्तरिक सम्पत्तिको सुरक्षण गर्ने उद्देश्यले माल चलानी तथा बीमा अड्डाको नाममा निजी क्षेत्रको सहभागितामा वि.सं. २००४ मा स्थापना भएको बीमा कम्पनीले बीमाको इतिहास रचेको थियो । त्यति बेला दुई दर्जन उद्योग स्थापना भएका थिए । यत्ति लामो समय बितिसक्दा पनि निकै कम जनताको पहुँचमा मात्रै बीमाको विस्तार भएको छ । औपचारिक तथ्यांक नभएपनि बढीमा ७ प्रतिशत नागरिकमात्रै बीमाको पहुँचमा रहेको विज्ञहरु बताउँछन् । दक्षिणी छिमेकी भारत र नेपालमा बीमाको सुरुवात करिब एकै समयमा भएपनि त्यहाँ अहिले बीमा व्यवसाय निकै विस्तार भएको छ । तर नेपालमा अपेक्षाकृत रुपमा बीमा व्यवसाय विस्तार हुन सकेको छैन । नेपालमा बीमा व्यवसाय व्यवस्थापन, विकास र विस्तार गर्नका लागि नियमनकारी निकाय बीमा समिति भएका कारण यसका चुनौतिहरु धेरै छन् ।


कमजोर नेतृत्व
नियमनकारी निकाय भएकाले बीमा समितिको नेतृत्वका कमजोरीका कारण बीमा व्यवसाय अपेक्षाकृत रुपमा फस्टाउन नसकेको कतिपय विमा विज्ञहरुको भनाई छ । बीमा व्यवसायले ६ दशक पार गरेपनि फस्टाउन नसक्नु बीमा समिति र सरकारकै बढी कमजोरी रहेको बीमा बिज्ञहरु वताउछन् । बीमा समितिमा पुग्ने नेतृत्वले विगतका कमजोरी पहिल्याएर अघि बढ्न नसक्नु नै बीमा क्षेत्रको पहिलो चुनौति हो । ग्रामिण क्षेत्रमा बीमा व्यवसाय विस्तारका लागि बीमा समितिले खासै राम्रो भूमिका निर्वाह गर्न सकेन । हरेक पटक आउने नेतृत्वले यस्ता कुरामा त्यति ख्याल गरेको पाइदैन् ।

जन चेतनाको कमी
बीमा व्यवसाय विस्तारका लागि जनचेतनाको कमी मुख्य चुनौतिको रुपमा देखिएको छ । बीमाबारे जनचेतना जगाउनु तथा शिक्षा दिनु पनि उत्तिकै जरुरी छ । तर, अचम्म के भइरहेको छ भने जति मान्छेले बीमा गरेका छन, ती मध्ये कतिले नबुझेर र कतिले बाध्य भएर गरेका छन् ।  बुझेकाहरूले भने कमैले मात्र बीमा गरेको पाइन्छ । नबुझेका कारण धेरैले बीमा गर्न सकेका छैनन् भनेर जसले भन्छ, त्यो व्यक्तिले पक्कै पनि बीमाबारे बुझेर नै त्यत्ति कुरा भनेको हुनुपर्छ । यस्ता कुरा मुख्य चुनौति हुन् ।’

योजना कार्यान्वयनमा समस्या
विकसित देशका सबै जनताको बीमामा पहुँच हुन्छ । तर, नेपालमा अहिलेसम्म ७ प्रतिशतभन्दा बढी जनतामा बीमा पुग्न नसक्ने विडम्बनाको विषय भएको बीमा क्षेत्रका जानकारहरु बताउँछन् । यसका अतिरिक्त विकास निर्माणलगायत सबै क्षेत्रमा बीमाको पहुँच पुर्याउन सरकारले बजेटमार्फत विभिन्न किसिमका योजना ल्याउन आवश्यक छ । तर, योजना प्रभावकारीरूपमा कार्यान्वयनमा जानसक्ने हुनुपर्छ । पछिल्लो समय राम्रा योजनाहरु सार्वजनिक भए पनि कार्यान्वयनको पाटो कमजोर भएकाले बीमा पहूँच विस्तारमा पुर्याउन चुनौति देखिएको छ । योजना कार्यान्वयन हुन नसक्नु बीमा समितिको एउटा चुनौति हो । 

आय कम हुनु
त्यसैगरी नेपालीको प्रतिव्यक्ति आय निकै कम हुनु पनि बीमा क्षेत्रको चुनौतिकै रुपमा देखिएको बिज्ञहरुको भनाई छ । अधिकांश नागरिकको आयस्तर कमजोर छ त्यसकारण बीमा गरेर किस्ता तिर्न नसक्ने हुँदा आय कम हनु बीमा क्षेत्रका लागि चूनौति बनको छ । आर्थिक रूपमा सक्षम हुुनुपर्छ । यही कारण सुरक्षित भविष्यका लागि बीमा सबभन्दा राम्रो आधार हो भन्ने जान्दाजान्दै पनि धेरैले यसको योजना किन्न नसकिरहेका छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]