January 11th, 2017

निर्धन उत्थान बैंकको उद्यमशीलता विकास तालिम सम्पन्न

निर्धन उत्थान बैंकको ३ दिने उद्यमशीलता विकास तालिम सम्पन्न गरेको छ । बैंकका शाखा कार्यालय कलैया, शाखा कार्यालय गन्जभवानीपूर र शाखा कार्यालय प्रसौनीका आफना  ग्राहक सदस्यहरुलाई तीन दिने उद्यमशीलता विकास तालिम बुधवार सम्पन्न गरेको हो । निर्धन उत्थान बैंकले आफनो २२ जना ग्राहक सदस्यहरुलाई उद्यमशीलता विकास तालिम दिएको बैंकका बिरगंज क्षेत्रीय कार्यालयका क्षेत्रीय प्रमूख श्री शम्भू न्यौपानेले जानकारी दिए । ग्राहक सदस्यलाई कर्जा मात्र होईन उनीहरुको आर्थिक उन्नति गराउनका लागि तालिमले महत्वपुर्ण भुमिका खेल्ने भएको हूदा बैंकले आफना ग्राहक सदस्यहरुलाई तालिम प्रदान गर्दै आई रहेको छ । ग्राहक सदस्यहरुलाई एउटा सफल उद्यमी बनाउनका लागि यस तालिमले महत्वपूर्ण भुमिका खेल्ने क्षेत्रीय प्रमुख न्यौपानेले वताए । यस उद्यमशीलता विकास तालिमको संचालन तथा सहजीकरण बैंकका वरिष्ठ ब्यवस्थापक पवन कूमार श्रेष्ठ तथा बैंकका ब्यवस्थापक श्री ईश्वर आत्रेयले गरेका थिए । तालिमको समापनको अवसरमा बैंकका केन्द्रीय कार्यालय योजना, अनूगमन तथा अनूसन्धान विभागका ब्यवस्थापक श्री ईश्वर आत्रेयले मन्तब्य दिएका दिए । तालिमको समापनको अवसरमा तालिममा सहभागीहरुको तर्फबाट रोशन बिश्वकर्मा, तूलसा दाहाल र श्री मिना देवी मलले तालिमको मुल्याकंन गर्नूका साथै आफनो भनाइृ प्रस्तुत गरेका थिए । तालिममा सहभागीहरुले बैंकले गरीब विपन्न महिलाहरु तथा गरीब विपन्न परिवारको उन्नतिको लागि निरन्तर लागी रहेको छ । उद्यमशीलता लालिमबाट आफ्नो व्यवसाय विस्तार तथा उद्यमशील बन्न सहयोग पुगेको भन्दै सहभागीले बै.क प्रति आभार व्यत्तः गरेका थिए ।  

कार्यक्रममा बैंकका क्षेत्रीय कार्यालय प्रमुख न्यौपानेले विरगंज क्षेत्रका ६ जिल्लामा लघुवित्त कार्यक्रम सञ्चालन गर्ने एक मात्र बैंक निर्धन उत्थान बैंक भिएको वताएका थिए । निर्धन उत्थान बैंकको हाल देशैभरीमा१ सय ७८ शाखाहरु, १० वटा क्षेत्रीय कार्यालय र केन्द्रीय कार्यालय गरी १८९ कार्यालयहरुको विशाल संञ्जाल भएको बैंक हो ।  बैंकले यस्ता कार्यक्रमको आयोजना गरी नेपालको गरीबी न्युनिकरणमा ठूलदो भूमिका खेलेको क्षेत्रीय प्रमुख न्यौपानेको तर्क छ । बैंक तथा वित्तीय संस्थाहरु माझ शाखा संञ्जालको हिसाबले निर्धन उत्थान बैंक देशको दोश्रो ठूलो बैंक बन्न पूगेको छ । बैंकले ०७३ मंसिरसम्ममा २ लादख ८४ हजार ८ सय ३७ धूरीहरुमा सेवा पू¥याई रहेको छ । बैंकले मंसिरसम्ममा टण् अरब छठ करोड कर्जा वितरण गरी ४९ अरब २१ करोड असूली गरी लगानीमा रहेको कर्जा रु. ११ अरब ३६ करोड रहेको ५ भने ग्राहक सदस्यहरुको४ अरब९३ करोड बचत परिचालन गरेको छ । बैंकले भुकम्प प्रभावित १४ जिल्लाका २० शाखाहरुमा सीपमुलक तालिम समेत सम्पन्न गरी सकेको ५ । निर्धन उत्थान बैंकले यस वर्षमा मात्र८ हजार ९१ जना नयाँ ग्राहक सदस्यहरुलाई ब्यवसायिक परियोजना संचालन गर्न कर्जा प्रदान गर्ने योजना बनाएको छ । 
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]