January 10th, 2017

१७.९३ अंकले बढ्यो सेयर बजार : कारोबारमा पनि सुधार

मंगलबार पनि सेयर बजार बढेको छ । नेप्से परिसूचक १७.९३ अंकले बढेर १४७६.९० अंकमा कायम भएको छ । होटल र अन्यबोहक कारोबार भएका सबै समूह बढेका छन् । सबैभन्दा धेरै बीमा समूह १६८.८४ अंकले बढेको छ भने जलविद्युत् २०.८९ अंकले बढेको छ । बैंकिङ, विकास बैंक, फाइनान्स र उत्पादनमूलक क्रमशः १८.९३, १०.२१, ७.८९ र ०.३४ अंकले बढेका छन् । होटल र अन्य भने क्रमशः १२.४१ र १.४५ अंकले घटेका छन् । 

कारोबार रकम सोमबारको तुलनामा थोरै बढेको भएपनि सन्तोषजनक भने देखिएको छैन । सोमबार २६ करोडको कारोबार भएको बजारमा मंगलबार ३७ करोडको कारोबार भएको छ । दिनभरिमा १२६ वटा कम्पनीको पाँच लाख ८७ हजार छ सय दुई कित्ता सेयर दुई हजार सात सय २६ पटक खरिदविक्री हुँदा कुल ३७ करोड ३२ लाख ४५ हजार छ सय एक रुपैयाँ पुँजी परिचालन भएको छ । 

कुल कारोबारमध्ये, एनबि इन्स्योरेन्सको सबैभन्दा धेरै चार करोड ७३ लाख ७४ हजार पाँच सय ८० रुपैयाँको कारोबार भएको छ भने नेपाल लाइफ इन्स्योरेन्सको तीन करोड ४१ लाख ७२ हजार तीन सय ४४ रुपैयाँको कारोबार भएको छ । प्राइम कमर्सियल बैंकको दुई करोड, महालक्ष्मी विकास बैंकको एक करोड ९९ लाख र मेगा बैंकको डेढ करोडको कारोबार भएको छ । कुमारी बैंक, नेशनल लाइफ इन्स्योरेन्स र एभरेष्ट बैंकको पनि एक करोडमाथिको कारोबार भएको छ भने बैंक अफ काठमाण्डू लुम्बिनीको ९९ करोड र सिटिजन्स बैंक प्रोमोटरको ९४ लाख रुपैयाँको कारोबार भएको छ । 

एनबि इन्स्योरेन्सका सेयरधनीले मंगलबार सबैभन्दा धेरै ९.९९ प्रतिशतका दरले आफ्नो सम्पत्ति बढाएका छन् । कर्णाली डेभलपमेन्ट बैंक, पोखरा फाइनान्स, नेपाल ग्रामीण विकास बैंक, नेपाल इन्स्योरेन्स, वोमी माइक्रोफाइनान्स र एनएमबि माइक्रोफाइनान्सका सेयरधनीले क्रमशः ९.७३, ८.८९, ७.५१, ६.५९, ६.२५ र ५.४२ प्रतिशतका दरले सम्पत्ति बढाएका छन् । जानकी फाइनान्स, मितेरी डेभलपमेन्ट बैंक, ङादी ग्रुप पावर लगायतका सेयरधनीले पनि कमाएका छन् ।

गुमाउने कम्पनीहरुको अग्रस्थानमा रहेको महालक्ष्मी विकास बैंकका सेयरधनीले ७.१८९५ प्रतिशतका दरले आफ्नो सम्पत्ति घटाएका छन् भने पूर्णिमा विकास बैंकका सेयरधनीले ७.१८२३ प्रतिशतका दरले गुमाएका छन् । माउन्ट मकालु डेभलपमेन्ट बैंक, मिथिला लघुवित्त, राष्ट्रिय बीमा कम्पनी, नेरुडे लघुवित्त, लुम्बिनी फाइनान्स, तारागाउँ रिजेन्सी, सप्तकोसी डेभलपमेन्ट बैंक, सोल्टी होटल लगायतका सेयरधनीले पनि गुमाएका छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]