January 10th, 2017

गणपति माइक्रोफाइनान्सको छैटौँ शाखा चितवनको टाँडीमा

गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले चितवन जिल्लाको रत्ननगर–७, टाँडीमा नयाँ शाखा कार्यालय स्थापना गरी मंगलबार (पुस २६ गते) देखि सञ्चालनमा ल्याएको छ । नेपाल राष्ट्र बैंकबाट गत कात्तिक ३० गते ‘घ’ वर्गको राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्थाको रुपमा इजाजतपत्र संस्थाले आफ्नो छैटौँ शाखा सञ्चालनमा ल्याएको हो । उक्त शाखाको उद्घाटन संस्थाका प्रमुख कार्यकारी अधिकृत अच्युतराज सापकोटाले गरे ।

संस्थाले यसै महिना भित्र थप ४ वटा शाखाहरु संचालनमा ल्याउने गृहकार्य भइरहेको जनाएको छ । 


 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]