January 10th, 2017

ग्लोबल आइएमई बैंक र मास्टर कार्डबीच सम्झौता, बजारमा ‘क्यासलेश’ भुक्तानी प्रणाली लागू गर्न मद्दत मिल्ने

ग्लोबल आइएमई बैंक र मास्टर कार्ड बीच मास्टर कार्डको issuer र acquirer प्रशोधन सेवा पुर्याउने सम्बन्धमा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकका तर्फबाट बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल तथा मास्टर कार्डका तर्फबाट पेमेन्ट सलुसनस, साउथ एशियाका सिनियर बिजनेस लिडर नरेन्द्र नन्दलले हस्ताक्षर गरे ।

मास्टर कार्डले यस प्रकारको सेवा पहिलोपटक नेपालमा ग्लोबल आइएमई बैंकलाई उपलब्ध गराउने भएको हो । यसबाट बैंकले आफ्ना ग्राहकहरुलाई अझ बढि सुरक्षित र छिटो भुक्तानी सुविधा प्रदान गर्ने छ ।

यस सम्झौता पश्चात मास्टर कार्डले ग्लोबल आइएमई बैंकलाई चाहिने सबै भुक्तानी नेटवर्कहरुलाई समर्थन गर्ने सेवा सुविधाहरु प्रदान गर्ने छ । यस साझेदारीबाट बैंकलाई डेविट, क्रेडिट र अन्य प्रकारका भुक्तानी कार्ड जारी गरी बजारमा cashless भुक्तानी प्रणाली लागू गर्न मद्दत गर्ने छ । 

बैंकले ग्राहकहरुलाई सुरक्षित कार्ड सेवा प्रदान गर्नकोलागि नयाँ प्रविधिको चिप कार्ड पनि बजारमा ल्याई सकेको छ । 
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]