January 9th, 2017

‘इच्छाशक्तिको कमीले मुलुकको विकास हुन सकेन’ 

बैंकर्स संघका अध्यक्ष अनिल केशरी शाहले नेपालमा सम्भवना धेरै भएर पनि नेपालीले चिन्न नसकेको बताएका छन् । अनेरास्ववियु पब्लिक युथ क्याम्पसद्धारा आयोजित एक कार्यक्रममा बोल्दै मेगा बैंकका सीईओ समेत रहेका शाहले नेपालीहरुमा इच्छाशक्तिको नै कमी भएको बताए । ‘नेपालमा सबै थोक छ’ उनले भने, ‘तर यहाँ इच्छाशक्ति पाउन गाह्रो छ ।’

नेपालको विकास नहुनुमा राजनीतिक नेताहरुको मात्र नभई समग्र जनताको पनि कमजोरी रहेको उनले बताए । नेतृत्वपंक्ति र पब्लिकले समेत बोल्ने मात्र तर काम नगर्ने परिपार्टी रहेको उनको भनाई थियो ।

पब्लिक युथ क्याम्पसका विद्यार्थीमा वित्तीय क्षेत्रसम्बन्धी चेतना जगाउन पुगेका शाहले कार्यक्रममा समग्र बैंकिङ प्रणाली र नेपालमा आर्थिक संमृद्धिका लागि आमयुवा र नेपालीको भुमिकाको विषयमा प्रकाश पारेका थिए । साथमा उनले कार्यक्रममा सहभागी विद्यार्थीहरुलाई आआफ्नो रुचिअनुसार पेशा तथा व्यवसायमा लाग्न सुझाव समेत दिए । 


 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]