January 9th, 2017

शाखा प्रबन्धकहरुलाई आशा लघुवित्तले दियो अभिमुखिकरण तालिम

आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले दुई दिने अभिमुखिकरण तथा कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । शनिबार र आइतबार (पुस २३ र २४ गते) आयोजना गरिएको कार्यशाला गोष्ठीमा संस्थाका विभागिय प्रमुख जीवन खनालले उपस्थित शाखा प्रबन्धकहरुलाई शाखा ब्यवस्थापन, कर्जा ब्यवस्थापन तथा स्वःक्षमता अभिबृद्धि सम्बन्धी अभिमुखिकरण दिएका थिए । त्यस्तै, कार्य सञ्चालन जोखिम ब्यवस्थापनका बारेमा नि. कार्यकारी प्रमुख प्रमोद भट्टराईले जानकारी दिएका थिए । उक्त कार्यक्रममा लघुवित्त विशेषज्ञ, आई. टि.,मनि ट्रान्सफर र इन्स्योरेन्सका प्रतिनिधिहरुले प्रशिक्षण दिएका थिए । संस्थाका अध्यक्ष रामबहादुर पाण्डेले शाखा प्रबन्धकहरुलाई संस्थागत सुशासनको बारेमा जानकारी दिएका थिए ।  

राष्ट्रिय स्तरको वित्तीय संस्था आशा लघुवित्तले न्यून आय भएका तथा बिपन्न वर्गका महिलाहरुलाई आधुनिक प्रविधिका माध्यमवाट घरदैलोमा लघुवित्त सेवा पुर्याउने लक्ष्य लिएको जानकारी कार्यक्रममा दिइयो । संस्थाले देश भरि छिटै ७ वटा शाखाहरु विस्तार गर्ने योजना लिएको संस्थाका विभागिय प्रमुख जीवन खनालले जानकारी दिए । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]